पाँचथर । कृषि तथा पशुपछी बिकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक बिकास आयोजनाको अन्तरक्रिया कार्यक्रम आज फिदिममा सम्पन्न भएको छ ।
पाँचथरका फिदिम नगरपालिका, फालेलुङ,याङ्वरक, हिलेहाङ गाउँपालिकामा ग्रामीण उद्यम तथा आर्थिक बिकास आयोजना लागू हुनेभएको हो ।
आयोजनाले कृषक र व्यवसायी बिचको साझेदारीलाई आर्थिक रुपमा सहजीकरण गर्नेछ ।
ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषिजन्य सामाग्रीलाई खरीदकर्ता बिच साझेदारी गर्ने छ । उत्पादन, गुणस्तर र संख्यात्मक स्तरबाट हेरेर प्रमुख आर्थिक करिडोर क्षेत्रका साना कृषि उत्पादन तथा वैदेशिक रोजगारीबाट आएकालाई प्रोत्साहन स्वरुप अनुदान दिने छ ।
आयोजनाले कोभिड १९ को असहज परिस्थितिबाट अवरुद्ध खाद्य शृङ्खला तथा ग्रामीण अर्थतन्त्रको पुनः स्थापना, प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । समुदायका ३ हजार ५ सय व्यक्तिहरु लाभान्वित हुनेछन भने कोभिड १९ प्रभावित करीब ५ हजार ७ सय व्याक्त्तिका लागि ग्रामिण रोजगारीको अवसर सृजना हुने लक्ष्य आयोजनाले राखेको छ ।
प्रदेश नम्बर १, मधेस प्रदेश, बाग्मती प्रदेश,लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेध गरि जम्मा ६ प्रदेश र १ सय ७१ पालिकामा आयोजनाको कार्यक्षेत्र रहने आर्थिक करिडोर कार्यालय धनकुटाका प्रमुख डा. इन्द्र नारायण शाहले बताएका छन् । आयोजनाले ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषिजन्य उत्पादनको बजारीकरण सुदृढ गर्ने अपेक्षा राखेको छ ।प्रदेश नम्बर १ मा पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुंगा , भोजपुर, खोटाङ तथा उदयपुरगरी जम्मा ७ जिल्ला र २२ वटा पालिकामा आयोजना लागू हुने छ ।
फिदिमको मनस्वी होटलमा आयोजित उत्त कार्यक्रममा कृषक, सहकारी, कृषि शाखा प्रमुख, प्रमुख जिल्ला अधिकारी, पालिका प्रमुख, नगर प्रमुख तथा जिल्ला समन्वय प्रमुखको उपस्थिती थियो ।