कुमार खड्का ( यासाेक )
कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा लाग्दै आएको धार्मीक तथा सांस्कृतिक त्रिशाली पुजा तथा मेला ( तङ्सुम तङनाम ) बैसाख २ गते देखि लाग्ने भएकाे छ । काेराेना महामारीका कारण राेकीएकाे मेला यस पटक लाग्ने भएकाे हाे ।
बुधवार यासोक स्थित जनभवनमा बसेको सर्वपक्षिय बैठकले २०७९ बैसाख २ गते कुम्मायक कुसायक पुजा गर्ने, ३ र ४ गते मेला लगाउने निणर्य गरेको कुम्मायक १ का अध्यक्ष देबेन्द्र कुमार लाओतीले जानकारी दिए ।
वडाध्यक्ष लाओतीकै अध्यक्षतामा पुजा तथा मेला समारोह समिति गठन भएको छ । समिति ३५ सदस्य रहेको छ । त्यस्तै, गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङको अध्यक्षतामा ९ सदस्य सल्लाकार समिति पनि गठन भएको छ ।
प्रत्येक तिन बर्षमा लाग्दै आएको पुजा तथा मेला यस अघिनै लाग्नु पर्ने भएता पनि कोरोना भाईरसको जोखिमको कारण लाग्न सकेको थिएन । कोरोना भाईरसको जोखिम कम हुँदै गएपछि यस पटक भने पुजा तथा मेला लगाउने निणर्य भएको छ । यासोक बजारमा लाग्दै आएको त्रिशाली पुजा तथा मेला तङ्सुम तङनाम पुर्वको ठुलो मेलाको रुपमा पनि लिईन्छ । कुम्मायक कुसायक मन्दिरमा पुजा गरे मनले सोचेको पुग्ने जन विश्वास रहि आएको छ ।