पाँचथर– पाँचथर सदरमुकाम फिदिममा सम्पन्न कोशी प्रदेश स्तरीय प्रतियोगितात्मक फोटो प्रदर्शनीमा कुङ्गा ग्याजुले खिचेको फोटोले प्रथम स्थान हासिल गरेको छ ।
रात्रिकालीन समयमा कञ्चनजङ्घाको उत्तरी वेश क्याम्पमा खिचेको उनको फोटोले प्रथम स्थान हासिल गरेको छ ।

प्रथम
यस्तै भीषण राईले खिचेको बोराबाधबाट खिचिएको तस्विरले दोस्रो स्थान हासिल गरेको छ ।

दाेस्राे
ताप्लेजुङको साम्दु पोखरी फोटोका लागि फुङसो जवेगुले तृतीय स्थान हासिल गरे ।

तृतिय
पुङ्गमिहाङ फेजोङले खिचेको फालोटको सूर्योदयको फोटो चाैथे भयाे ।

चाैथाे
प्रवीण कुलुङ राईको मुन्धुम पदमार्गको फोटोले सान्तवना स्थान हासिले गरे ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरे ।
जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बे, नेपाली सेनाको रणशेर गणका गणपति किसोर अधिकारी, पर्यटन कार्यालय काकरिभिट्टाका प्रमुख छविलाल खतिवडा, नेपाल प्रहरीका डिएसपि अनिश कर्ण, शसस्त्र प्रहरीका डिएसपि चिरञ्जिवि प्रसाई, राष्ट्रिय अनुसन्धान पाँचथरका प्रमुख दुर्गा चापागाई, पर्यटन कार्यालयका सूचना अधिकारी निरज कट्टेलले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।
समापन समारोहमा सांस्कृतिक कार्यक्रम समेत भएको थियो । कोशी प्रदेशको पर्यटन झल्काउने उत्कृष्ट ५० तस्विर दुई दिनसम्म फिदिमको विपि पार्कमा प्रदर्शनी गरिएको थियो । कोशी प्रदेशका विभिन्न क्षेत्रबाट प्राप्त भएका ३ सय फोटो मध्येबाट छानिएका ५० फोटो प्रदर्शन गरिएका थिए ।
नेपाल फोटो पत्रकार महासङ्घका अध्यक्ष हरि रेग्मी, पूर्व अध्यक्ष ध्रुव आले र उपाध्यक्ष सागर श्रेष्ठको तीन सदस्य निर्णायक मण्डलले फोटो छनौट गरेको थियो । अविन राई, एपि तोलाङ, कविराज घिमिरे, कमल घिमिरे, कुङ्गा ग्याजु, कौशल बुढाथोकी, गंगाराज सुनुवार, जीवन राई, डोल्मा शेर्पा, दमन राई, देवाकर, नविनकला जैरु, प्रविन कुलुङ राई, प्रज्वल बाँस्कोटा, प्रजोल खवास, पुुमिहाङ फेजङ, फुङ्सो जवेगु, विशाल पोखरेल, विशाल साउद, भविन कार्की, भिम कार्की, भिषण राई, मनिष आचार्य, मेघराज तामाङ, योगराज सेढाई, लक्ष्मी गौतम, लिला बोहोरा, हर्कराज गुरुङ, हरि लम्जेल, समर बराल, सन्तोष पुर्कुटि, सुन्दर मैनाली, सुसान्तराज रेग्मी, सुरेन्द्र खरेल, सरोज चाम्लिङ, सुगम ढुङ्गाना, सुजन प्रकाश प्रधानका फोटो प्रदर्शनीमा राखिएका थिए ।
प्रतियोगितात्मक फोटो प्रदर्शनी तिम्बु पोखरी मिडिया एण्ड इभेन्ट र फोटो पत्रकार महासङ्घ पाँचथरले गरेको थियो । उक्त कार्यक्रमलाई पर्यटन कार्यालय काकरिभिट्टाले सहयोग गरेको थियो ।




