काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ मनोनयन गर्नका लागि चाहिने आवश्यक कागजातबारे जानकारी गराएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार (माघ ४) विज्ञप्ति जारी गर्दै माघ ६ मा हुने मनोनयन दर्ताका लागि आवश्यक कागजातबारे जानकारी गराएका हुन् ।
उनका अनुसार, उमेदवारको नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा चाहिन्छ । मतदाता नामावलीमा नाम समावेश भएका एकजना प्रस्तावक र अर्को एकजना समर्थक भएको मनोनयनपत्र चाहिन्छ ।
अरु के चाहिन्छ ?manonayan-da-1768732779




