पाँचथर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिमा पाँचथर जिल्लाबाट आठ जना केन्द्रीय सदस्य समावेश भएका छन् ।
साविक माओवादी केन्द्रतर्फबाट इन्द्रबहादुर आङ्बो ‘मौसम’, हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ र सीता थेवे ‘प्रमिला’ केन्द्रीय सदस्यका रूपमा समावेश भएका छन् भने लेखा सदस्यमा नरबहादुर दुलाल ‘नेटवर्क’ राखिएका छन् ।
त्यसैगरी साविक नेकपा (एकीकृत समाजवादी) तर्फबाट कमलप्रसाद जबेगू, अन्जु काम्बाङ, प्रेम रिजाल र भवानी शंकर केन्द्रीय समितिमा जिम्मेवारी पाएका छन् ।
माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीसहित १९ राजनीतिक दलहरू एकीकृत भई बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति पहिलो पटक यसरी समायोजन गरिएको हो ।




