पाँचथर । बहु–विवाह मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले मिति पुस २५ गते पाँचथर जिल्ला अदालतकाे २०८० पुस २९ गतेको फैसला कार्यान्वयन गर्ने क्रममा प्रतिवादीलाई नियन्त्रणमा लिएको हो ।
अदालतको फैसलाअनुसार १ वर्ष कैद तथा नगद १० हजार जरिवाना सजाय तोकिएकी फाल्गुनन्द गाउँपालिका–५ पात्ले निवासी कर्ण कुमार देवानकी छोरी वर्ष ३२ की अस्मिता भन्ने मनकुमारी देवान पक्राउ परेकी हुन् ।
पक्राउ परेकी देवानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ । प्रहरीले अदालतका फैसलाहरू कार्यान्वयन गर्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।




