पाँचथर । नेकपा (एमाले) पाँचथरले प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि सात जना उम्मेदवार सिफारिस गरेको छ। बुधबार बसेको जिल्ला कार्य समिति बैठकले अइन्द्र सुन्दर नेम्बाङ, आशारत्न जबेगु, श्रीप्रसाद जबेगु, राजकुमार भण्डारी, कृष्ण कुमार आङदेम्बे, जयप्रकाश केरुङ र खगेन्द्र बास्कोटालाई सिफारिस गरेको एमाले स्रोतले केन्जो खबरलाई जनाएको छ।
सिफारिस भएका उम्मेदवारमध्ये अइन्द्र सुन्दर नेम्बाङ र आशारत्न जबेगु केन्द्रिय सदस्य हुन् भने राजकुमार भण्डारी कोशी प्रदेश समितिका सचिव हुन्।
पछिल्लो निर्वाचनमा एमालेका बसन्तकुमार नेम्बाङले ३२ हजार १ सय ३५ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भिष्मराज आङदेम्बेले ३२ हजार ८९ मत पाएका थिए। यसरी चुनाव परिणाम साँघुरो भएको हुनाले आगामी निर्वाचन पनि पाँचथरमा कडा प्रतिस्पर्धात्मक हुने देखिन्छ।




