कुरुम्बा (पाँचथर)– अगानै अगाडी लटरम्म फलेका सुन्तला टिप्न किसानहरू निक्कै व्यस्त देखिन्थे । कतिपयले बगाननै बेचिसकेका छन् भने कतिपय अझै भाँउ कुर्ने दाउँमा छन् । लटरम्म फलेका सुन्तलामा किसानको मेहनत प्रस्ट झल्किन्छ । यो मेहनतले किसानलाई खुसी समेत दिलाएको छ ।
यो खुसी छर्ने ठाउँ पाँचथरको दक्षिणी मिक्लाजुङ गाउँपालिका–५ को कुरुम्बा रहेको छ । यहाँ व्यवसायीक रूपमा सुन्तला खेती हुने गरेको छ । गाउँभरीनै सुन्तला खेती गरिएको छ ।
यतिबेला सुन्तला फलेर हेरीरहुँ लाग्ने बनेको छ । पहेँलपुर पाकेको सुन्तलामा किसानको मुस्कान मिसिएको छ । सुन्तला किन्न व्यापारीहरू बगान–बगान आहिपुगका छन् । पहाडको यो गाउँमा सुन्तला बगान हेरीरहुँ छ ।
यहाँको सुन्तलाले ख्यातिमात्र कमाएको छैन, किसानले मनग्य आम्दानी हासिल गर्न सफल भएका छन् । ‘२० रोपनीमा ८ सय बोट सुन्तला लगाएका छौँ । यो साल केही गाडिमात्र बेचिएको छ’ किसान उकेश लावतीले भने ‘हामी आफै सहर लगेर बेच्छौँ । धान खेती गर्ने जग्गामा सुन्तला लगाएका छौँ । बाजेहरूले पनि लगाउनु भएको थियो, व्यवसायीक रूपमा खेती थालेको पाँच÷सात वर्ष भयो ।’
यहाँको सुन्तला झापाको दमक हुँदै विभिन्न बजारमा पुग्छन् । मंसिरदेखि सुरु सुन्तला टिप्न थालिन्छ । परम्परागत रूपमा सुन्तला खेती विस्तार भएपनि अहिले आधुनीकरण हुँदै गएको पाइन्छ । अहिले यी गाउँहरूबाट करिब दुई करोड भन्दा बढि मूल्यको सुन्तला विक्रि हुने वार्ड अध्यक्ष अविशन लावतीले बताए । ‘सुन्तलाको बिरुवा रोप्ने क्रम जारी छ । अहिलेनै गाउँभरी सुन्तला देख्न सकिन्छ । अझै विस्तार भईरहेको छ । केही बर्समा यी गाउँबाट दश करोड भन्दा बढिको सुन्तला विक्री हुने अनुमान छ’ लावतीले भने ‘म आफैपनि सुन्तला किसान हुँ । यहाँको आम्दानी मुख्य श्रोत सुन्तला हो ।’
यहाँको किसान मेहेनत सुन्तला फलेको बेला देखिन्छ । बिरुवा उत्पादनपनि यही हुने गरेको छ । सुन्तला खेतीले यहाँका किसान सन्तुष्ट देखिन्छन् । खाद्यान्नवाली भन्दा धेरै गुणाले सुन्तलाबाट फाईदा लिइएको हो स्थानीय टिकाराम लावतीको भनाई छ । ‘मैले पाँच लाख जतिको सुन्तला बेच्छु । व्यापारी घरमै आउँछन् । खेती बढाउदै लगेको छु’ उनले भने ‘यहाँ अहिले सुन्तला खेती फस्टाएको पनि छ ।’
भिडियो –
https://www.facebook.com/reel/2026363268207781




