चिवाभञ्ज्याङ (पाँचथर)– पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दुको रुपमा रहेको चिवाभञ्ज्याङमा नाका खुलाउनका लागि कसैले पहल गरेको देखिदैन् । विभिन्न मुद्धामा समाजिक सञ्जालनमा लेख्न हतारो मान्ने जिल्लाका राजनीतिक दल तथा अन्य विभिन्न निकायले कुनै पहल समेत गरेको देखिदैन् ।
सम्बन्धीत स्थानीय सरकार याङवरक गाउँपालिकाले कुनै चासो देखाएको छैन् । भारतको सिक्किमको नेपाल जोड्ने एकमात्र सडक यहाँसम्म आईपुगेको तथा जिल्लाका लागि महत्पूर्ण भएको पनि खुलाउनलाई लविङ, ध्यानाकर्षण गराउने काममा कसैको ध्यान गएको देखिदैन् । सार्वजनिक मञ्चमा जिल्लाका लागि ठुलै काम गर्ने भन्दै गफ दिनेहरु पनि यो नाका खुलाउन पहल सुन्य छ ।
नेपाल– भारत दुबै तर्फ सडक पुगेपनि चिवाभञ्ज्याङ नाका सञ्चालनमा ल्याउनका लागि सरकारी तवरबाट पहल हुन सकेको छैन् ।
भारतको सिक्किम र पाँचथरको याङवरक गाँउपालीसँग सिमा जोडिएको यो ठाँउचर्चा लामो समयदेखि भएपनि नाका सञ्चालनमा ल्याउनका लागि पर्याप्त पहल हुन सकेको छैन् । यो ठाउँमा नाका सञ्चालन हुन सके स्थानिय व्यापार प्रवद्र्धन, पर्यटन प्रवद्र्धन तथा स्थानियलाई सुविधा थपिने सरकारी निकायको ध्यान पुगेको छैन् ।
पल्ट अनुरोध गरेपनि संघिय सरकारबाट नाका खुलाउन पहल नगरेको स्थानियको गुनासो रहेको छ । भारतको सिक्कमबाट पनि चिवाञ्ज्याङसम्म सडक आएको छ । यो नेपालसँगको सिमाना जोड्ने सिक्किमको एकमात्र सडक हो । नेपाल तर्फपनि मध्यपहाडी लोकमार्गको कच्ची सडकबाट गाडीमा पुग्न सकिन्छ । उच्च पहाडी क्षेत्रमा भएको यो नाकामा ओहोर– दोहोर भईरहेको देखिन्छ । कृषि तथा पशुजन्य उत्पादन विक्रि वितरणदेखि विभिन्न विषयमा सुविधा पुग्ने स्थानियको भनाई छ ।
‘वारी–पारी व्यापार, व्यवसाय गर्न सजिलो हुन्छ । हाम्रो वारीपारी पारिवारीक सम्बन्ध पनि रहेको छ’ फलैचाका तेजु राई भन्छन् ‘पर्यटकिय र व्यापारिक हिसाबले यो महत्पूर्ण हुन्छ ।’
चिवाभञ्ज्याङदेखि २६ किलोमीटर तल नेपाल तर्फ च्याङ्थापु बजार छ । यहाँको प्रहरीले सिक्किम जानेलाई पास बनाईदिन्छ । च्याङथापु बजारमै रहेको सिमा प्रशासन कार्यालयमा कार्यालय सहयोगीमात्र छन् । त्यहि प्रहरीले दिएको पास सिमानामा रहेको सिक्किम प्रहरीको कार्यालयमा बुझाएर फोटो सहित विवरण भरेर भारत प्रवेश गर्न पाईन्छ । तर नेपाल तर्फ त्यस्तो रेकर्ड राख्ने सिस्टम छैन् । नेपाल तर्फ शसस्त्र प्रहरीको चौकी छ । अन्य संरचना भने बन्न सकेको छैन् । भारत तर्फ १९ किलोमीटर मुनि उत्तरे बजार रहेको छ ।
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा एमालेको मध्यपहाडी यात्रा समापन गरेका थिए । २०७५ माघमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराईको नेतृतत्वमा तत्कालीन नयाँ शक्ति पार्टिले यहाँबाट अन्तिम बिन्दु झुलाघाटसम्मको यात्रा सुभारम्भ गरेका थिए । यहाँ पुग्ने विभिन्न राजनीतिक नेतृत्वलाई यहाँका बासिन्दाले नाक खुलाउन र पूर्वाधार विकासका लागि माग गर्ने गरेका छन् । यतिमात्र होइन सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तमाङ यो क्षेत्रको भ्रमण गर्दै व्यवसायिक नाका खुलाउन पहल गर्ने बताएका थिए । तर यो नाका खुलाउन पहल भएको देखिदैन् ।
मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु भएकाले बेला बेलामा यो ठाँउ चर्चामा आउने गर्छ । ३ हजार १ सय ३९ मीटर उचाईको यो ठाँउ पर्यटकिय हिसाबले पनि महत्पूर्ण मानिन्छ । ‘यो नाका सञ्चालनले फाईदा पुग्ने देखिन्छ । माथिल्लो निकायले पहल गर्नु पर्ने, त्यो भएको छैन्’ सो क्षेत्रमा पर्ने याङवरक–१ का वार्ड अध्यक्ष राजेन्द्र खालिङ राईले भने ‘संघिय सरकारले प्राथमिकतामा राख्नु पर्छ ।’
सिमा वारी पारी रोटिबेटिको सम्बन्ध रहेको छ । भाषा, सस्कृति सिमावर्ती क्षेत्रमा मिल्छ । अहिले पनि दुबै तर्फ विवाहवारी हुने गरेको छ । यहाँबाट उता जाने र यता आउने गरिन्छ । पाथीभरा देविको दर्शन गर्न जान सहज हुन्छ । भारतियहरु ठुलो संख्यामा पाथीभरा दर्शका लागि पुग्छन् ।
मन्त्री लगायतका उच्च पदस्थ अधिकारी चिवाभञ्ज्याङ पुग्छन् तर उनीहरुको केवल घुम्ने यात्रामात्र हुने गरेको छ । यहाँको विकासका लागि ठोस काम हुन सकेको देखिदैन् । शसस्त्र प्रहरीको विओपी राखिएपछि सरकारी उपस्थीति देखिन्छ । तर विओपी क्याम्प आवागमन हुने सडक छेउमा छैन् । तर भारत तर्फ सिक्किम प्रहरी र सिमा सुरक्षावलको पोष्ट सडकमै छ ।
यो नाकामा मध्यपहाडी लोकमार्गको ट्रयाक २०६९ सालमा पुगेको थियो । सिक्किम सरकारले २०७७ सालमा यहाँसम्म सडक ल्याएको छ । दुबैतर्फ सडक पुगेका, चहलपहल बढ्दै गएकाले भन्सार कार्यालय राखेर नाका सञ्चालन गर्नु पर्ने माग रहेको छ ।




