पाँचथर ।शनिबार बिहान ताप्लेजुङ मिक्लाखोला गा.पा.–४ साँवाबाट धरानतर्फ जाँदै गरेको मे.१ ज.३०५५ नम्बरको बोलेरो जिप कुम्मायक–३ कार्तिके, तमोर करिडोर सडकखण्डमा अनियन्त्रित भएर करिब ५०० मिटर तल खसेको छ।
दुर्घटनामा १२ जना सवारमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकमा ३ महिला र ३ पुरुष छन्। मृतकमध्ये २ महिला र १ पुरुषको शव जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ, अन्य ३ जनाको शव घटनास्थलमै रहेको छ।
घाइतेको पहिचान भइसकेको छ।
घाइतेहरू:
- महेश लिम्बु, २२, ताप्लेजुङ – निधार, दायाँ आँखामाथी र टाउकोमा चोट, अवस्था मध्यम, धरान अस्पतालमा उपचार।
- मनु सावा लिम्बु, २५, मिक्लाखोला – निधार, दायाँ आँखामाथी, अनुहार र छातीमा चोट, अवस्था गम्भिर, धरान अस्पतालमा उपचार।
- अनिश लिम्बु, ७, कालीखोला – दायाँ खुट्टामा चोट, अवस्था सामान्य, धरान अस्पतालमा उपचार।
- महेश गुरागाँई, ३५, ईटहरी – ढाँडमा चोट, अवस्था मध्यम, धरान अस्पतालमा उपचार।
- बिमल लिम्बु, २५, ताप्लेजुङ – टाउको र अनुहारमा चोट, अवस्था गम्भिर, धरान अस्पतालमा उपचार।
- संजोहाङ लिम्बु, ३०, मिक्लाखोला – टाउको पछाडि, खुट्टा र शरीरका विभिन्न भागमा चोट, अवस्था सामान्य, थप उपचारका लागि झापा अस्पतालमा रेफर।
उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय प्रहरी र स्थानीयवासी खटिएका थिए।