पाँचथर– पछिल्लो चार आर्थिक बर्षको तुलनामा २०८१/८२ मा पाँचथरमा मुद्धा दर्ता संख्या घटेको छ । यो आर्थिक बर्षमा २ सय ३२ वटा मुद्धा दर्ता भएको पाईएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आर्थिक बर्ष २०७८/७९ मा २ सय ३५, २०७९/८० मा २ सय ३४ र २०८०/८१ मा२ सय ३७ वटा मुद्धा दर्ता भएको देखिन्छ ।
त्रिबर्षीय घटनाको अवस्था विश्लेषण गर्दा आर्थिक बर्ष २०८१/८२ मा कर्तव्य ज्यानको मुद्धा बढेको देखिन्छ भने आत्माहत्या गर्नेको संख्या घटेको छ । यो बर्ष ४८ जनाको आत्माहत्या भएको छ । सो भन्दा अगाडीको बर्ष ६५ जना र आर्थिक बर्ष २०७९/८० मा ६७ जनाले आत्माहत्या गरेको तथ्याङ्क रहेको छ । आत्माहत्या न्यूनिरकण का लागि सचेतनाका कार्यक्रम भईरहेको डिएसपि कौशल बुढाथोकिले जानकारी दिए ।
कर्तव्य ज्यान सम्बन्धी पाँच वटा घटना भएका छन् । अघिल्लो बर्ष ४ र सो भन्दा अगाडी दुई घटना भएको देखिन्छ ।
२०८०/८१ मा पाँचथरमा पहिलो पल्ट साईबर क्राईमको मुद्धा चलाइएको बुढाथोकिले बताए । यो बर्ष भवितव्य ज्यानका ६२ वटा घटना भएका छन् । यस्तै ज्यानमार्ने उद्योग १०, जवरजस्ती करणी १२, बैकिङ कसुरका १२, लागुऔषधका ९ वटा, वालयौन दुव्र्यहारका ६ वटा, विष्फोटक पदार्थको एउटा मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यो आर्थिक बर्षमा ४२ वटा मुद्धा कार्यान्वय गरिएको जानकारी दिइएको छ । लागुऔषधमा २६ जनालाई मुद्धा चलाइएको छ ।
विपद्का मा परि ८ जनाको मृत्यु भएको छ भने ६ जना घाईते र तीन जना बेपत्ता भएका छन् । आगलागीमा १ सय २ ठाँउमा ३ जनाको मृत्यु र ६ जना घाईते भएका छन् ।