पाँचथर– सुनसरीको चतरादेखि पाँचथरको गणेश चोक जोड्ने तमोर करिडोरको मुलघाट–हाङठुवा खण्डमा कालोपत्रे गर्ने काम धमाधम भएकाले सुविधा थपिएको छ । पहाडबाट तराई झर्न सजिलो यो सडक बनेसँगै पूर्वी पहाडी क्षेत्रका बासिन्दाले सुविधा पाएकाछन् भने प्रायः सुनसान झै देखिने तमोर गडतिरमा चहलपहल बढाएको छ ।
ग्राबेल स्तरको ट्रयाक खुलेपछि यहाँको चहलपलह बढ्दै गएको थियो । अहिले कालापत्रे सडकले थप सुविधा दिएको छ । तमोर करिडोरको ४८ किलोमीटर कालोपत्रे सम्पन्न भएको छ । चालु आर्थिक बर्षमा मुलघाट–हाङठुवा सडक खण्ड कालोपत्रे भइसक्ने अनुमान छ ।
गाँउका मान्छे सडक छेउ झरेका छन् । होटल, पेट्रोलपम्ब, नयाँ नयाँ घर बनाउने क्रम बढेको छ । जग्गाको कारोबारपनि बढ्दै गएको स्थानिय बताउँछन् । ताप्लेजुङ, पाँचथर र तेह्थुमका लागि बाक्लो गाडी यहि बाटो कुद्छन् । घुम्न आउनेका गाडी, समान बोक्ने ठुला ठुला गाडी बाटोमा देखिन्छ ।
खाना, खाजा खुवाउने होटल बाटै भरि देखिन्छ । नयाँ नयाँ घर बनिरहेका छन् । घुम्ती नभएको बाटो भएकाले छिटो छ । पहाडबाट फुत्त तराई झर्न सकिन्छ । पाँचथर सदरमुकाम फिदिमबाट चारघण्टामा धरान पुगिन्छ । पूर्वी पहाडबाट राजनधानी र ठुला सहर पुग्ने छिटो बाटो हो ।
१ सय ५८ किलोमीटर खण्डमध्ये धनकुटाको मुलघाटदेखि दोरीम्बाको १ सय १० किलोमीटर खण्ड कालोपत्रे गर्ने ठेक्का लगाईएको छ । हाङठुवा देखि दोरिम्बासम्मको काम भने धेरै सुस्त छ ।
तमोर करिडलाईनै आधार बनाएर विभिन्न गाँउ जाने सडक बनेका छन् । गाँउ गाँउबाट जिप, बस यो बाटो भएर तराई भरेको देख्न पाईन्छ । ठाँउ ठाँउमा निर्माणका काम भइरहेका छन् ।
बाँकि कालोपत्रे गर्नेकाम चाडै सम्पन्न हुने र खोलामा पुल छिटो बन्ने हो भने यो सडकमा अझै धेरै गाडी चल्ने तथा चहलपलह बढ्ने देखिन्छ । धनकुटामा खेतीपाती बढेको छ । आँप, लिचि, तरकारी खेती बढेको देखिन्छ ।
तमोर करीडोर चतरादेखि पाँचथरको सुभाङ खोला हुदैँ नेपाल–चिन सिमाना ताप्लेजुङको टिप्तालासम्म पुग्छ । यो सडक सामारीक, आर्थिक, पर्यटकिय हिसाबले निक्कै महत्पूर्ण मानिन्छ । बाँकि कालोपत्रेका कामलाई तिव्रता दिने, पुल बनाउने कामलाई गति दिने र सरकारले समयमा बजेट उपलब्ध गराउने हो भने यो क्षेत्रमा बासिन्दाले सुविधा पाउनेमात्र नर्भइ विकासको नमुना सडक बन्ने देखिन्छ ।
तर यहाँका पुल बल बनाउने कामले ढिलाई भएको छ । नावा, हेवा, छरुवा जस्ता खोलामा पुलको ठेक्का लागेपनि काम राम्रो गतिमा अघि बढेको छैन् । यस तर्फ सबैले ध्यान दबाव सृजना गर्नु पर्ने देखिन्छ ।
तमोर करिडाेरले थप्यो सुविधा (भिडियो रिपोर्ट)
तमोर करिडाेरले थप्यो सुविधा (भिडियो रिपोर्ट)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस