पाँचथर । लगातारको वर्षाका कारण अबरुद्ध भएको हेवा खोलाको डाइभर्सन पुनः सुचारु गरिएको छ । मेचिराजमार्ग अन्तरगत फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलामा मंगलबार राति आएको बाढीले डाइभर्सनमा बाढीले क्षति गर्दा यातायात पूर्णरूपमा ठप्प भएको थियो।
सडक डिभिजन कार्यालय इलाम, सुरक्षा निकाय र स्थानीयवासीहरूको सक्रिय प्रयासपछि बुधबार बिहान डाइभर्सन मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो। डाइभर्सन मर्मत गरी पुनः मेचि राजमार्गमा यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि कौशल कुमार बुढाथोकीले जानकारी दिए ।
यो सडक पाँचथरको हिलिहाङ, याङवरक तथा छिमेकी जिल्ला ताप्लेजुङसँग आवतजावत गर्ने मुख्य सडक हो। खोलामा पटकपटक बाढी आउँदा बेली ब्रिज बग्ने घटना भइरहेकाले अहिले डाइभर्सनमार्फत अस्थायी रुपमा सवारी आवागमन सञ्चालन हुँदै आएको छ।
गत जेठ ३१ गते निर्माणाधीन बेली ब्रिज भाँचिँदा तीन जनाको ज्यान गएको थियो ।




