पाँचथर । लागू औषध विरुद्धको अभियानलाई तीव्र बनाउँदै प्रहरीले झापाबाट एक युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्ने युवक पाँचथर जिल्लाका हुन्।
प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका–६ मा खटिएको लागू औषध नियन्त्रण ब्यूरो, काँकरभिट्टा टोलीले असार २३ गते चेकजाँचको क्रममा पाँचथर मिक्लाजुङ गाउँपालिका–१ निवासी २५ वर्षीय जितेन्द्र आङ्देम्बेलाई पक्राउ गरेको हो। हाल उनी झापाको शिवसताक्षी नगरपालिका–८ मा बसोबास गर्दै आएका थिए।
प्रहरीले उनको साथबाट २ ग्राम ८ मिलिग्राम ब्राउन सुगर फेला पारेको जनाएको छ। लागू औषधसहित पक्राउ परेका आङ्देम्बेमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।