झापा । झापाको अर्जनुधारा नगरपालिका ११ मा पर्ने बसपार्कस्थित खड्का फर्निचरमा आगलागी भएको छ । आगलागीबाट १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
मोती बहादुर खड्काको टिनको छानो र टिनको घेराबेरा गरिएको एक तले घरमा सञ्चालन गरिएको फर्निचर पसलमा आगलागी भएको हो । आगलागीबाट काठ चिर्ने मेसिन र काठहरु पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।
आगो लागेको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक नोरजंग लामाको कमाण्डमा टोली खटिएको थियो । प्रहरी र स्थानीयले बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति करिब साढे १२ बजेतिर आगो निभाएका थिए ।
आगलागीको कारण खुलेको छैन । विद्युत् सट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।


 
         
         
         
         
         
         
         
         
  		  
  		  
  		  
                                       										 
  		  
  		  
   		 
         
                   
  		  
  		  
  		  
  		  
  		 

