पाँचथर । पाँचथरको फिदिम नगरपालिका–६ सिवामा एक व्यक्तिको घरमा भेटिएको शङ्कास्पद बस्तु ग्रिनेड बम भएको खुल्न आएको छ । उक्त बम डिस्पोज गर्नका लागि नेपाली सेनाको विरदल गणको टोली घटना स्थलमा पुगेको छ ।
घरमा सिउरिएर राखिएको अवस्थामा शङ्कास्पद बस्तु भेटिएको थियो । घरवरीपरी खाली गरिएको छ । राखिएको ठाउँबाट निकालेर डिस्पोज गर्ने तयारी भएको छ । स्थानीय प्रेम तुम्राेककाे घरमा केहिबर्ष अगाडीदेखि बम राखिएकाे अनुमान छ ।
प्रहरीका अनुसार केही वर्ष अगाडीदेखि राखिएको अवस्थामा शङ्कास्पद बस्तु भेटिएको छ । कहिले देखि राखिएको थियो परिवारको सदस्यलाई पनि थाहा नभएको बताइएको छ ।
घटना स्थल सुरक्षित राखि डिस्पोज गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ख्यामराज घिमिरेले जानकारी दिए ।