पाँचथर। फिदिम बजार भित्र रोकेर सामग्री अनलोड गर्नेक्रममा सुमो गाडी गुड्दा २ जना घाइते छन्। फिदिम बजार क्षेत्रको बुद्धमार्गमा रोकेको प्रदेश १–०१–००१ ज ३५९९ नम्बरको सुमो गाडी गुड्दा दुर्घटनामा भएको प्रहरीले जनाएको छ।
प्रहरी निरिक्षक ख्यामराज घिमिरेका अनुसार घटनामा फिदिम १३ लुङरुपाका ५९ बर्षीय रतनबहादुर राई र सोही ठाउँका ४५ वर्षिय मनकराम राई घाइते भएका हुन्।
घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको छ। सुमो चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाकाे बारे प्रहरीले थप अनुसन्धान गरीरहेकाे जनाएकाे छ ।