पाँचथर । प्रथम सुम्हात्लुङकप कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप को उपाधी कबिर केसि र दिवश शंकरको जोडीले जितेका छन् ।
पाँचथर ब्याटमिन्टन संघ द्वारा फिदिमस्थित जिल्ला संमन्वय समितिकाे कोर्टमा आयोजित प्रतियोगितामा पुरुष युगलतफ नेपाल पुलिसका कबिर केसि र इलामका दिवश शंकरको जोडीले एपिएफ क्लबका भोजबहादुर गुरुङ र बिराट ब्याटमिन्टन क्लबका नविन सिलवालका् जोडीलाई पराजित गर्दै उपाधी जिते ।
पुरुष युगलको विजेताले ५१ हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १२ हजार ५ सय प्राप्त गरे । यसका साथै विजयी खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
महिला युगल तर्फ त्रिभुवन आर्मिका अमीता गिरि र रसिला मर्हजनको जोडीले एपिएफकी नबिना राई र भोजपुरकी रोजी राईको जोडीलाई हराउै उपाधि जिते । विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले ७ हजार ५ सय प्राप्त गरे । यसका साथै विजयी खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
यसैगरी यू–१५ ब्वाइज एकलमा त्रिभुवन आर्मीका सुदेश राजकोटीले झापाका सुदिप राईलाई पराजित गर्दै विजेता बने । उपाधि जितेका सुदेशले १५ हजार र उपबिजेता बनेका सुदिपले १०
यू–१५ गर्ल्सतर्फ त्रिभुवन आर्मीकी समृद्धि श्रेष्ठले उपाधि जितिन् । श्रेष्ठले झापाकी रितु तामाङलाई हराउदै उपाधि जितेकी हुन् । यू–१५ बिजेता र उपबिजेता ब्वाइज र गर्ल्सले १५ हजार र १० हजार प्राप्त गरे ।
भेट्रान ४० वर्ष माथि ( जोडीको संयुक्त उमेर १०० वर्ष माथी) पाँचथरका एलबि साँवा र ज्ञानेन्द्र तामाङको जोडीले पाँचथरकै रामराज आङदेम्बे र इन्द्र महतकोे पराजित गर्दै पहिलो भए । बिजेता खेलाडीहरुले नगद ३० हजार, उपबिजेताले १५ हजार र तेस्रोले ७ हजार ५ हजारका साथ मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
मिश्रित युगल तर्फ त्रिभुवन आर्मिका बिद्यान अधिकारी र रशिला मर्हजनको जोडीले एपिएफका भोजबहादुर गुरुङ र शोभा गोचनको जोडीलाई हराउदै उपाधि जितेका हुन । उपाधि जितेका बिद्यान र रशिलाले ३० हजार र उपबिजेताले १५ हजार प्राप्त गरे ।
पाँचथर जिल्लाको ‘बि’ समुहमा रहेका पुरुस युगल तर्फको उपाधि द्धिग्ज खतिवडा र सुवास राईको जोडीले भविन्द्र मगर र संयोग राईको जोडीलाई हराउदै उपाधि जिते । बितेताले २० हजार र उपबिजेताले १० हजार प्राप्त गरे ।
५ गते देखि फिदिममा चलेको प्रतियोगितामा नेपाल ब्याटमिन्टन संघको शिर्ष वरियताका खेलाडीहरु सहित २ सय ५० भन्दा बढि खेलाडीहरुले प्रतियोगिताका सहभागिता जनाएका थिए ।
प्रतियोगिताको पहिलो संस्करण सोचेको भन्दा भव्य भएकाले प्रतियोगिताले निरन्तरता पाउने ब्याटमिन्टन संघ पाँचथरका अध्यक्ष तेजबहहादुर तुम्बापोले जानकारी दिए । प्रतियोगिताको अवशरमा पाँचथरमा ब्याटमिन्टन खेलको विकासमा योगदान गर्ने ब्याटमिन्टन संघका पूर्व अध्यक्ष महेन्द्र बिक्रम थाम्सुहाङ र पूर्व खेलाडी बलबहादुर थापा मगर लाई सम्मान गरिएको थियो ।