पाँचथर । कुलो मर्मत गर्ने क्रममा पाँचथरमा एक जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका–१३ स्थित खुङखोला टारीमा तिरतिरे दिमिरे फालोट जल उपभोक्ता समितिको कुलो मर्मत गर्ने क्रममा बुधबार दिउसो साढे ४ बजेतिर फिदिम नगरपालिका–१३ ओखरबोटे का २४ वर्षीय राजकुमार नेम्बाङको ज्यान गएको हो ।
फिदिम नगरपालिका–११ स्थित खुङखोला टारीमा तिरतिरे दिमिरे फालोट जल उपभोक्ता समितिको कुलो मर्मत गर्ने क्रममा चिप्लेर लड्दा नेम्बाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक रुपेश तामाङले जानकारी दिए ।
मृतक नेम्बाङकाको शव जिल्ला अस्पताल शवगृहमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।