पाँचथर ।पाँचथरमा श्रीमतीमाथि चक्कु प्रहार गर्ने श्रीमान पक्राउ परेका छन्। फिदिम नगरपालिका वडा नम्बर २ पल्लोटार बस्ने २८ वर्षीय सुर्ष् सेरेङलाई श्रीमतीमाथि चक्कु प्रहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सेरेङले २८ वर्षीया श्रीमती बिपना क्षेत्रीमाथि चक्कु प्रहार गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचरका प्रहरी निरिक्षक रुपेश तामाङले जानकारी दिए।
घरायसी विवाद हुँदा उनले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिपनाको सामान्य चोट भएकोले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ।