अविशन लावती ।
लेखकिय चाहनाहरुको चाँङ भएता पनि गुणको कमी भएको एक यात्रीको यात्रा अनुभब र अनुभुतिहरुको यात्रा सस्मरण यात्रा प्रारम्भ हुन्छ।
पुर्वी नेपालको सुदुर पुर्वको जिल्ला पाँचथर मिक्लाजुङ गाँउपालिकाबाट बिहानको ८ बजेको समयमा यात्रा प्रारम्भ हुन्छ। करिव १०५ किलोमिटर दुरि पार गर्दै कयौँ खोला खोल्सि पहाडहरु छिचोल्दै घण्टौ पछिको कठिन यात्रा पश्चात साँझको ५ बजे गन्तब्यमा पुग्न सफल हुन्छौ।यात्रामा हामी ५ वटा सवारिमा जम्मा ६ जना सवार थियौँ।समुन्द्री सतह देखि १४०० मिटरको उचाईबाट प्रारम्भ भएको यात्रा गन्तब्य स्थान सम्म पुग्दा ३६३६ मिटरको उच्चाइसम्म पुग्छ।लगातार उचाईको बृद्धि सँगै हावा पानी तापक्रम र अक्सिजनको मात्रामा समेतकम हुदै गयो।बसन्त ऋतु आसपासको मौसममा पनि त्यहाँको तपक्रम ५-७ डिग्री सेल्सियस थियो।उचाई अनुसार न्युन तापक्रम र अक्सिजनको मात्रा आएको कमीले गर्दा केहि क्षण असहज भएता पनि केहि समय पछि सहज हुदै गयो।
एउटा डाँडाको नाम रहेछ “सन्दकपुर”यहि नामबाट इलाम जिल्लामा एउटा स्थानिय तहको नामाकरण समेत भएको पाइन्छ। “डाडाँको टुप्पोलाई सन्दक्फु भनेको पाइन्छ।यहिँ नाम अप्रभांस हुदै आएर पछि सन्दकपुर भएको हो”-एलिना रायमाझि
नेपाल र भारतको सिमानामा अवस्थित एक प्रसिद्र ठाँउ हो सन्दकपुर। इलाम जिल्लाको उतर दिशाको अम्तिम सिमानामा पर्नेयो ठाउँ पाँचथर जिल्लाको फालेलुङ गाँउपालिकाको चारराते डाँडा र भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्लाको सिंहलिला राष्ट्रिय निकुन्ज सँग समेत जोडीएको छ।यो ठाँउ पृथ्बीकाे देशान्त रेखा २७.८७ र अक्षांश रेखा ८७.२७७ डिग्रीमा पर्दछ।यहाँको हावा पानी समशितोष्ण र लेकाली मिश्रीत पाइन्छ भने तापक्रम ० देखि १५० सेन्टीग्रेट सम्म हुने गर्दछ।यो ठाँउ उच्च पहाडी क्षेत्र भएकोले अधिकतम ३०-३५ मिलिलिटर सम्म बर्षा हुने गर्दछ-विकीपेडिया।
सन्दकपुर भ्रमण गर्न नेपालका बिभिन्न ठाउँहरुबाट जान सकिन्छ।इलामको बिप्लाटे पाँचथरको फिदिम र भारतको दार्जिलिङको माने भन्याङ हुदै पुग्न सकिन्छ। यी ठाँउबाट सरदर ४-५ घण्टाको निरन्तर यात्रा पश्चात सन्दकपुर पुग्न सकिन्छ।सडक सुबिधाको दृष्टिकोणबाट दार्जिलिङ मानेभन्याङ बजारको बाटो सहज रहेछ।नेपाल तर्फको सडक अत्यन्त कठिन छ मर्मत सम्भारको अभाव र राज्यको कमजोर उपस्थितीले सडक यात्रा अत्यन्त जोखिम र जटिल रहेको छ। यातायातका साधनहरु भारत तर्फबाट बढि सन्चालनमा छन। सुरक्षा सम्बन्धि भारत तर्फको उपस्थिती बाक्लो रहेको छ भने नेपाल तर्फको उपस्थिती कमजोर देखिन्छ।
यो ठाँउ उच्च पहाडी भु-भाग भएको हुनाले सोहि प्रकृतिका भेडा च्याङग्रा याक चैरीगाइ चराचुरुङी बिभिन्न प्रजातीका लालिगुराँस धुपी सल्लाहरु पाइन्छ।
यहाँको मुख्य आकर्षणको रुपमा सुर्योदय/सुर्यअस्त उच्च पहाडहरुको मनोरम दृश्य चिसो हावा पानीबिभिन्न प्रजातीका लालीगुराँस चराचुरुगीहरु रहेको छ।यहाँबाट आँखाकै अगाडी कन्चनजंगा कुम्मकर्ण(फताङलुङ) मकालु जस्ता हिमालहरु देख्न सकिन्छ। मौसम सफा भएको समयमादार्जिलिङ सिक्किम लगायत बिभिन्न शहरहरु देख्न पाइन्छ।समय समयमा पर्ने हिउँले यहाँका पहाडहरु दुलही सिंगारे जस्तै सिंगार्छन त्यसले अझ यहाँको सुन्दरतामा इटा थपी दिन्छ।
यो ठाँउ उच्च पहाड भएकोले कृषि क्षेत्रको सम्भावना अत्यन्त न्युन छ।बिकासका पुर्वाधारहरु बिधुत खानेपानी सन्चार यातायातको आंशिक सुबिधा भएता पनि सहज र भरपर्दो नभएको हुनाले त्यहाँ जाने पर्यटकहरु लामो समय सम्म रहन्न असहज मानेको पार्इन्छ।अर्को तर्फ पर्यटकको सुबिधाको लागि होटल लजहरुको सिमीतता आवस्यकता भन्दा बढि मुल्य र पर्यटकहरुले उपभोग गर्न इच्छाएको सामान उपलब्ध नहुदा पर्यटकहरुले असुबिधा महसुस हुन्छ।अथिती/पर्यटक सत्कारको संस्कार नहुदा पर्यटकको दृष्टिकोणबाट हेर्दा असुबिधा महसुस गर्न सकिन्छ।
केहि सिमा र कमिकमजोरीहरु देखिएता पनि प्राकृतिक तथा भैगोलिक सुन्दरतालेभरिभरौ भएको अत्यन्त सुन्दर ठाँउ हो सन्दकपुर । यो ठाँउको प्रचार-प्रसार र पुर्वाधार बिकासमा तिनै तहको सरकारहरुको ध्यान जान सके पर्यटनको अत्यन्त भबिष्य भएको ठाँउ हो। एक पटक भ्रमणको निम्तो छ। धन्यबाद
लेखक मिक्लाजुङ वडा नम्बर ५ का वडाध्यक्ष हुन् ।