दिपक बोहोरा । हिलिहाङ गाउँपालिको जोरपोखरीको खेलमैदानमा सम्पन्न भएको जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ सिल्ड फिदिम नगरपालिकाले जितेको छ।
गत वर्ष फिदिम नगरपालिकाले लगातार तेस्रो वर्ष पनि प्रथम हुँदै जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड कब्जा गरेको थियो । ६६ स्वर्णको लागी भएको प्रतिस्पर्धामा फिदिमले २४ स्वर्ण,१६ रजत र ५ कास्य सहित ५४ पदक सहित फिदिम प्रथम भयो । २३ स्वर्ण,१४रजत र १४ कास्य सहित ५१ पदक जित्दै याङवरक द्धितिय स्थान हासिल गर्यो ।
८ स्वर्ण,६ रजत र १४ कास्य सहित २८ पदक जितेको फाल्गुनन्द तेस्रो भयो । ४ स्वर्ण,९ रजत र १२ कास्य गरि २५ पदक जितेको हिलिहाङ गाउँपालिका चौथो हुन सफल भयो । २ स्वर्ण,७ रजत र ८ कास्य जितेको मिक्लाजुङ गाउँपालिका पाँचौ भयो । २ रजत र ३ कास्य जितेको कुम्मायक गाउँपालिका छौटौ स्थानमा रहयो । सातौमा रहेको फालेलुङ गाउँपालिकाले २ स्वर्ण,७ रजत र २ कास्य पदक जित्न सफल रहयो । आठौ स्थानमा रहेको तुम्बेवाले १ स्वर्ण,१ रजत र १ कास्य पदक जित्यो ।
स्थानीय स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगितामा पाँचथरका ८ स्थानीय तहका विभिन्न विद्यालयका करिब ६ सय जना विद्यार्थी सहभागी भएका थिए ।
जेष्ठ १५ देखि १७ सम्म सञ्चालित प्रतियोगितामा महिला तथा पुरुष भलिबल, दौड, तेक्वान्दो, कबड्डी, हाइजम्प, लङजम्प, कराँते, उसुलगायतका खेलमा करिब ६ सय जना खेलाडीहरूले प्रतिस्पर्धा गरेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्तोष मोक्ताङले जानकारी दिए।
सबै खेलाडीको दुर्घटना बिमा गरिएको थियो। खेल अवधिभर जिल्ला प्राथमिक उपचार, एम्बुलेन्स र जनशक्तिको प्रबन्ध गरेको थियो। जिल्ला स्तरीय खेल प्रतियोगितामा प्रथम हुन सफल खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् ।
यस्तो थियो गत वर्षको नतिजा
फिदिम नगरपालिकाले २६ स्वर्ण, १९ रजत र ८ कांस्य गरी ५३ पदकसहित प्रथम भएको थियो ।
याङवरका गाउँपालिका २० स्वर्ण, १६ रजत र ११ कांस्य गरेर ४७ पदकसहित दोस्रो हुँदा फालेलुङ गाउँपालिका ७ स्वर्ण, ३ रजत र ४ कांस्य गरी १४ पदकसहित तेस्रो भएको थियो ।
यसैगरी, मिक्लाजुङ गाउँपालिका ६ स्वर्ण, १० रजत र ११ कांस्यसहित २७ पदक, फाल्गुनन्द गाउँपालिकाले ३ स्वर्ण, ४ रजत र ९ कांस्यसहित २७ पदक प्राप्त गरेका थिए । हिलिहाङ गाउँपालिकाले दुई स्वर्ण, १० रजत र ११ कांस्य गरी २३ पदक जितेको थियो । कुम्मायक गाउँपालिकाले दुई स्वर्ण, ३ रजत गरी ५ पदक जितेको छ । तुम्बेवा गाउँपालिकाले १ रजत र २ कांस्यसहित ३ पदक जित्दा स्वर्ण पदक जित्न सकेको थिएन ।