तेह्रथुम । तेह्रथुमका प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष तुलसीराम धमला प्रेस युनियन नेपालमा प्रवेश गरेका छन्। शुक्रबार म्याङलुङस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी सभापति अर्जुन तुम्बाहाङ्फे र युनियनका सभापति प्रकाश पाक्सावाङले खादा र अबिर लगाई धमलालाई स्वागत गरे।
पत्रकार धमला करिब एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका थिए। पूर्वका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध रहनुभएका धमलाले कार्यक्रममा बोल्दै चौतारीमा रहेर पत्रकारिता गर्दा धेरै असहज महसुस भएको र युनियनमा रहेको समाज रूपान्तरण गर्न सक्षम टिमसँग आबद्ध भएर काम गर्न चाहेको बताए।
स्वागत कार्यक्रममा बोल्दै नेपाली कांग्रेस तेह्रथुमका सभापति अर्जुन तुम्बाहाङ्फेले सबैको मनमा बस्न सक्ने किसिमले पत्रकारिता गर्दै समाज रूपान्तरणका लागि कलम चलाउन शुभकामना दिए।




