पाँचथर । पाँचथरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औ संस्करण आजबाट सुरु हुदै छ ।
खेल प्रतिभाको खोजीको मुख्य आधार रहेको राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका प्रतियोगिता हुनेछन् ।
स्थानीय स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने छन्। प्रतियोगितामा भलिबल,कबड्डी, एथ्लेट्रिक,कराँते,तेक्वान्दो र उस्सु विधामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए। सबै खेलहरु छात्र र छात्राहरुको छुटाछुट्टै प्रतिस्पर्धा हुने छ ।
मोक्तानका अनुसार पाँचथरका ८ स्थानीय तहका विभिन्न विद्यालयका करिब ६ सय जना विद्यार्थी सहभागी छन्। प्रतियोगितामा
प्रतियोगिता आजबाट सुरु भई १७ गते सम्म सञ्चालन हुनेछ । पालिका छनोट भएर आएका बिद्याथीहरु जिल्लामा प्रतिस्पर्धा गर्ने छ । जिल्ला छनोटमा सफल भएका खेलाडीहरु प्रदेशको टिमबाट खेल्दै केन्द्र तहको राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने छन् ।
राष्ट्रपति रनिङ शिल्डका सबै खेलहरु हिलिहाङ ६ जोरपोखरी माध्यमिक बिद्यालयको खेलमैदानमा हुनेछ ।