तेह्रथुम। त्रिभुवन विश्वविद्यालयको पूर्व क्षेत्र कै पुरानो आङ्गिक क्याम्पस तेहथुम बहुमुखी क्याम्पस आठराई चुहानडाँडामा नवनिर्मित शिक्षण भवनको उद्घाटन भएको छ । मंगलबार आठराईस्थित क्याम्पसको नवनिर्मित शिक्षण भवनको उद्घाटन एक कार्यक्रमका बिच त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा केशरङ्ग बरालले गरे ।
क्याम्पसमा लामो सयमसम्म कच्ची पुरानो भवनबाट पठन पाठन सञ्चालन भएको थियो । नवनिर्मित भवनको उद्घाटन भएसँगै नयाँ भवनबाट पठनपाठन सुरू हुने भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजंग बरालले दुरदराजमा रहेको यो क्याम्पसको दिगो स्थायित्वको लागि त्रिविले योजना बनाउने बताए ।
उपकुलपतिले भौतिक, शैक्षिक विकासको लागि विश्वविद्यालयले प्राथमिकता दिएर सहयोग सधैँ गर्न तयार रहेको प्रतिवद्धता जनाए । ८ कोठे २ तले शिक्षण भवनको Muben Namlak Sewa J.V पाँचथरले निर्माण सम्पन्न गरेको हो । २ करोड १५ लाख ६१ हजार १ सय ६१ रुपैयाँको लागतमा निर्मित नयाँ भवनमा सुविधासम्पन्न कक्षाकोठा, रहेका छन् । बि सं २०१७ सालमा स्थापना भएको यस क्याम्पसमा स्नातक तहमा मानविकी संकाय व्यवस्थापन र शिक्षाशान्त्र संकायमा पठनपाठन हुदै आएको छ भने मानविकी संकायमा जनसंख्या अध्यययन विषयमा स्नातकोत्तर तहमा पठनपाठन हुने गरेको छ।
हाल क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त गर्ने प्रक्रियामा रहेको छ ।सीमित स्रोत साधनबीच पनि क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्दे आएको छ ।क्याम्पसको दिगो विकासका लागि जीर्ण संरचनाहरुको कारण पठनपाठनमा तथा प्रशासनिक सेवा प्रवाह प्रभावकारी हुन नसकेकोले समय सापेक्ष भौतिक पूर्वाधारहरुको आवश्यकता रहेको त्यसलाई पूरा गर्न क्याम्पससंग आर्थिक स्रोत नभएको त्रिविको सहयोगका कारण मात्र निर्माण सम्भव भएको हो ।नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न गर्न र होस्टल ,QAA प्राप्त गर्ने मापदण्ड पूरा गर्न लगायत अन्य पूर्वाधार निर्माण गर्न सबै तहका सरकार,त्रिवि केन्द्रीय कार्यालयको सहयोग आवश्यक छ । आगामी दिनहरूमा क्याम्पसको बृहत्तर विकासको लागि क्याम्पसले सबैसंग हातेमालो गरेर अघिबढ्ने हुनाले सबै सरोकारवालाहरुलाई सहयोगको लागि क्याम्पस प्रमुख पोष्टराज लामिछानेले आग्रह गरे।
उद्घाटन कार्यक्रममा भवन निर्माणका लागि पानी उपलब्ध गराउने यामप्रसाद बाँस्तोला, देवीप्रसाद उप्रेती भवन निर्माण सम्पन्न ‘गर्ने कामदारको मुख्य ठेकेदार लक्ष्मी मांङलाक , शिक्षण भवन निर्माण ठेकेदार मुबेन नामलाक निर्माण जेभी,प्राविधिक परामर्शदाता संस्थालाई प्रमाणपत्र तथा दोसल्ला ओढाई सम्मान गरिएकोछ त्यस्तै क्याम्पसले सञ्चालन गरेको Computer non- Credit Course को Basic Course पूरा गरी उतीर्ण भएका ३२ जना बिद्यार्थीहरुलाई प्रमाणपत्र वितरण समेत गरीएको थियो।कार्यक्रमका विशेष अतिथि आठराई ‘गाउँपलिका अघ्यक्ष दिलकुमार पाहिमले क्याम्पसको पुर्वाधार विकास र गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकाले सहयोग गर्ने बताए ।
कार्यक्रममा पूर्व विद्यार्थी समाजका संयोजक जगतबहादुर थपलिया, राजनीतिक दलको तर्फबाट प्रेम पौडेल, माध्यमिक विद्यालयका प्रअहरू मध्येबाट शारदा माविका प्रअ भीमबहादुर आचार्य र स्ववियु अध्यक्ष ताराप्रसाद दाहालले मन्तब्य राखेका थिए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बलिराज इङनाम पालिका प्रवक्ता कृष्णप्रसाद बाँस्कोटा लगायत सातैवडाका वडाध्यक्ष क्याम्पस व्यवस्थापन समितिका सदस्यहरू , राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू,क्याम्पस पूर्व विद्यार्थी समाज झापा मोरङ्ग सुनसरी समन्वय समितिका सह सचिव केसु बिरही ,प्रणामी माध्यमिक विद्यालयका प्रधानाध्यापक स्थानीय सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू,सुरक्षाकर्मी,पत्रकार अभिभावक, स्थानीय बासी,प्राध्यापक कर्मचारी र विद्यार्थी लगायतको उपस्थिति थियो ।
तेह्रथुम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पोष्टराज लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय महिलाहरूले संगिनी नाच विद्यार्थीहरूले स्वागत नृत्य र केलाङ समूहको साँस्कृतिक ढोल नाच समेत प्रस्तुत भएको थियो ।