पाँचथर । पाँचथर क्लबले आयोजना गर्ने पाँचौं पाँचथर गोल्डकपको प्रबद्धनको ‘एन्थेम’ सार्वजनिक गरेको छ। आगामी फाल्गुन २४ बाट चैत्र २ गते सम्म फिदिममा हुने पाँचौ पाँचथर गोल्डकपको प्रचार र प्रबद्धनको लागी पाँचथर क्लबले ‘एन्थेम’ निकालेको हो।
पाँचथर गोल्डकप र पाँचथर जिल्लाको प्रचार एवं प्रबद्धन गर्ने उद्देश्यले एन्थेम सार्वजनिक गरिएको पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले बताए।
उनले भने, ‘ पाँचथर ऐतिहासिक धरोहरहरुको संरक्षण र संवद्र्धनमा र प्रचारमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुर्याउँ। खेलाडीलाई पनि हौसला। हामी पाँचथरको पनि फुटबल प्रतिका् लगाव छ। त्यो कुरालाई पनि सपोर्ट गर्नको लागि एन्थेम निकालेको हो।’
तुम्रोकले भने ‘यस एन्थेमबाट पाँचथरको विविध सांस्कृतिक, र अन्य पर्यटकीय स्थलको प्रचार–प्रसार हुने आशा छ ।’
गीतका रचनाकार डिपि खनाल हुन । एन्थेममा पदम राई, विकास लिम्बू, डेबिट शंखर, दिप्शन आङ्बो, सुर्य आङ्देम्बे, अशोक मुकारुङ, मदन सेन्चुरी, सगुन लावती, मुना ठटाल, अमृता लिम्बू, र सम्झना योङ्हाङको स्वर रहेको छ । ‘ पाँचथर गोल्डकप एन्थेम’ नाम दिएर आफ्नै युट्युब च्यानलमार्फत मंगलबार गीत सार्वजनिक गरेको हो।
प्रतियोगिताको बिजेताले नगद ११ लाख एक हजार एक सय ११ रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ भने उपबिजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ । यस संस्करणमा शहिद स्मारक ए डिभिजन लिगका चार टिम सहित जम्मा ८ टिमको सहभागिता रहने छ ।