पाँचथर । हुनेले दिने नहुनेले लिने भन्ने नारा सहित स्थापना भएको हेल्प टुगेदर फाउण्डेशनले पाँचथर सदरमुकाम फिदिममा ३ दिने बृहद सांस्कृतिक तथा फोटो प्रर्दशनी मेला आयोजना गर्ने भएको छ । आइतबार फिदिममा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै मेलाको विभिन्न पक्षको जानकारी दिएको हो ।
माघ ३० गतेदेखि फागुन २ गतेसम्म चल्ने मेलाको पहिलो दिन बिपन्न तथा निम्म आय भएका नागरिकहरुलाई निशुल्क कपडा वितरण,फिदिम नगरपालिका भित्रका पर्यटकिय स्थालहरुको प्रतियोगित्मक फोटो प्रर्दशनी, स्थानिय लोक सँस्कृतिकको प्रर्दशन, विभिन्न जातजातीहरुको नृत्य प्रर्दशन रहने जनाइएको छ । मेलाको दोेश्रो दिन फोटो प्रर्दशनी सहित बिभिन्न कार्यक्रमहर रहने जनाइएको छ ।
फागुन २ गते अन्तिम दिन कलाकार दिपक बज्रर्चाय र रिदम ब्याण्डको सहित लागु औषध विरुद्ध श्रव्यदृष्य सहितको कार्यक्रम स्थानिय कलाकाल सहितको बृहद साँस्कृतिक प्रस्तुति, लाखे र झाँकी प्रर्दशनी, लागु औषध विरुद्ध प्रिमियस भुटियाको मन्तव्य रहने हेल्प टुगेदर फाउण्डेशनका सचिब नबिन बुढाथोकीले जानकारी दिए ।
‘ बृहद सांस्कृतिक तथा फोटो प्रर्दशनी मेला आयोजना गर्नाले फिदिम नगरको ऐतिहासिक धरोहरहरुको संरक्षण र संवद्र्धनमा र प्रचारमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौ’ बुढाथोकीले भने ‘यसबाट फिदिमको विविध सांस्कृतिक, र अन्य पर्यटकीय स्थलको प्रचार–प्रसार हुने आशा छ ।’
वर्तमान युवा पिँढी लागु औषधको दलदलमा फस्दै गएकाले युवाहरु माझ लोकप्रिय रहेका प्रिमियस भुटियाको मन्तव्यले युवा पिँढीलाई लागु औषधको दुर्व्यसन बिरुद्ध सचेतना जगाउन यस्तो मेला महत्त्वपूर्ण हुने आयोजकको भनाई रहेको छ ।