पाँचथर । फिदिममा जारी फिदिम भेट्रान्स कप फुटबल प्रतियोगितामा क्वाटरफाइनल खेल जित्दै दुधे भेट्रान्स क्लब र रेडस्टार क्लब बिर्तामोड सेमिफाइनलमा प्रबेश गरेका छन् ।फिदिम माबिको मैदान भएको पहिलो खेलमा धरानको स्काइ क्लब इब्रेकरमा ४–२ गोलले हराउदै झापाको दुधे भेट्रान्स सेमीफाइनल प्रबेश गरेको हो ।
आजको खेल सकिए सँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । आयोजक फिदिम र यस अघिनै सेमिफाइनलमा पुगिसकेकाछन् ।
निर्धारित ८० मिनेटको खेल २–२ को बराबरीमा सकिएको पछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । सुरुवाती अग्रता जोगाउन नसक्दा धरान पराजित हुन पुग्यो खेलको २७ औं मिनेटमा धरानका रोग्रिन्द्र राईले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । ५० औं मिनेटमा दुधेका हर्कबहादुर तामाङ बराबरी गोल गरे । ५६ औं मिनेटमा राकेश शेर्माले गोल गर्दै दुधेको अग्रता दोब्बर पारे । ७२ औं मिनेटमा धरानका सुमन श्रेष्ठले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्युस पछि दुबै टोलीबाट थप गोल नभए पछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइबे्रकरमा दुधेको लागी देबी तुम्बापो,सन्तोष नेम्बाङ, सन्देश देवान र बालचन्द्र जबेगुले गोल गरेका थिए । दुधेका राकेश शेर्माको प्रहार बाहिरिएको थियो ।
धरानको तर्फबाट मनिष मगर र सुरेश राईले मात्र गोल गर्न सफल भएका थिए । सुमन श्रेष्ठको प्रहार बाहिरिदा राजकुमार राईको प्रहार दुधेका गोल रक्षक सुरेन देवानले रोकेका थिए । जित सँगै दुधेले शुक्रबार फाइनल प्रबेशका लागी आयोजक फिदिम सँग खेल्ने छ ।
दुधेका गोल रक्षक सुरेन देवान प्लेयर अफ दि म्याच बने ।
बुधबारनै भएको दोश्रो खेलमा पूर्व राष्ट्रिय खेलाडीहरु र ए डिभिजन खेलीसकेका खेलाडीहरुले भरिएको रेडस्टार क्लब बिर्तामोडले जित निकालेको छ । साबिक बिजेता गोरख भेट्रान्स इलाम लाई ३–० गोलले हराउदै सेमीफाइनल प्रबेश गरेको छ ।
पूर्व राष्ट्रिय खेलाडी बुद्ध चेम्जोङ र बिशाल राइ सहित मैदान उत्रेको बिर्तामोड खेल अबधि भर हाबि रहेको थियो । बिर्तामोडको जितमा बुद्ध चेम्जोङले २ र अंकुर कुमार खड्कीले १ गोल गरेका थिए । शुक्रबार सेमिफाइनलमा रेडस्टारले बौद्ध भेट्रान्स भेट्रान्स रानिटार सँग खेल्ने छ ।
२ गोल गरेका बुद्ध चेम्जोङ प्लेयर अफ द म्याच चुनिए । आयोजक क्लबसहित ८ टोलीले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताको विजेता टोलीले १ लाख ५ हजार र दोस्रोले ५० हजार हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
शक्रबार हुने सेमिफाइनल खेल
फिदिम भेट्रान्स बिरुद्ध दुध भेट्रान्स झापा
दिउसो १ बजे
रेडस्टार क्लब बिर्तामोड बिरुद्ध बौद्ध भेट्रान्स रानिटार
दिउसो ३ बजे