पाँचथर । फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगितामा आजबाट सेमीफाइनलका खेलहरु सुरु हुँदैछन् ।
फिदिम माबिको खेलमैदानमा दिउसो २ बजे आयोजक फिदिम र्स्पोटिङ क्लबले ए डिभिजन लिग बिजेता चर्च व्वाइज युनाइटेड क्लबको सामना गर्दै छ ।
फिदिम र्स्पोटिङ क्लबले प्रि–क्वाटरमा कर्साङ फुटबल क्लबलाई टाइब्रेकरमा हराउदै क्वाटरफाइनल प्रबेश गरेको थियो । क्वाटर फाइनलमा विभागिय टोली त्रिभुवन आर्मीलाई हराउदै सेमीको यात्रा तय गरेको थियो ।
चर्च व्वाइजले नेपाल सुपरलिग खेल्ने टोली विराटनगर सिटि फुटबल क्लबलाई ७–१ अन्तरले हराउदै सेमीफाइनल प्रबेश गरेको हो । आयोजक फिदिमलाई घरेलु मैदान र घरेलु समर्थकको साथ रहनेछ । नेपाली फुटबलमा बलीयो टोलीको रुपमा चिनिने र पछिल्ला खेलहरुमा उत्कृष्ट खेल प्रर्दशन गरेको चर्चलाई हराउन घरेलु टोलीको लागी सहज भने हुने छैन् । तर फिदिमले क्वाटरफाइनलमा बलियो मानिने आर्मी हराएको हुँदा आयोजकको मनोबल उच्च रहनेछ ।
गतसाता मात्र झापा गोल्डकपको उपाधि जितेको चर्च व्वाइजमा लयमा रहेका समिर तामाङको तुफानी प्रर्दशन रोक्न आयोजका डिफ्रन्डरहरु लाई गाह्रो हुने देखिन्छ । समिर तामाङ यस प्रतियोगिताका पहिलो ह्याट्रिकर्ता पनि हुन । लयमा रहेका बिदेशी खेलाडी अर्मान्डलाई रोक्न फिदिमका रक्षकहरुले निकै मेहनत गर्नु पर्ने देखीन्छ ।
उत्कृष्ट लयमा रहेका फिदिमका गोलरक्षक मिराक खजुम फिदिमका लागी सुखद पक्ष हो । आर्मी सँगको खेलमा घाइते भएका फिदिमका मुख्य डिफेन्डर प्रकाश धमला खेल्ने नखेल्ने टुङगो छैन् । यदि प्रकाश आजको खेलमा खेल्न सकेन्न भने फिदिमको लागी उनको अनुपस्थिती महङगो पर्न सक्छ ।