पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्ड कपमा ए डिभिजनको क्लब मच्छिन्द्र क्लबले न्युस्टार क्लब सुनसरी लाइ ६-२ को फराकिलो अन्तरले हराउँदै सेमीफाइनलमा स्थान पक्का गरेको हो । मौफसलको क्लब न्युस्टार फाल्गुनन्द गोल्डकपमा पहिलो खेलबाट घर फर्किएको छ ।
फिदिम माबिको खेलमैदानमा भएको खेलमा ए डिभिजनको क्लब मच्छिन्द्र एकपक्षीय रुपमा हावी बनेको थियो । मच्छिन्द्रको जितमा बिजु भुजेलले २ गोल,आदित्य शाक्य, मनिष डागी र सौरभ सुब्बाले समान १ गोल गरेका थिए । मच्छिन्द्रले एक गोल उपहार स्वरुप पाएको थियो । न्युस्टारका सञ्जय श्रेष्ठले बल क्लियर गर्ने क्रममा आत्माघाती गोल भएको थियो । खेलभर मौफसलको च न्युस्टार लयमा भेट्टाउन सकेन । विपक्षी पोष्टमा खासै आक्रमण बुन्न नसकेको न्युस्टार अन्ततः फराकिलो हारसँग घर फर्किएको छ ।
बिजु भुजेलको गोलमा मच्छिन्द्रले पाँचौ मिनेटमै अग्रता लिएको थियो । बिजुले प्रहार गरेको थ्रोइन सिधै गोलमा परिणत भएको थियो । गोल खाएपछि न्युस्टारको लय झनै बिग्रियो । विपक्षी टोलीले सन्तुलन गुमाउँदा मच्छिन्द्र थप गोल गर्ने अवसर पायो ।खेलको १३ औं मिनेटमा सुनुसरीका सुशिल राईले गोल गर्दै खेलमा फर्काका थिए । सुशिलले गोल गरेको २ मिनेट पछि १५ औं मिनेट मच्छिन्द्रका बिजुले गोल गर्दै अग्रता दोब्बर पारे । बिजुले पुनः थ्रोबाटनै गोल गरेका थिए । खेलको ४३ औं मिनेट मच्छिन्द्रका आदित्य शाक्यले गोल गर्दै अग्रता फराकिलो बनाएका थिए । पहिलो हाफमा ३- १ ले पछि परेको न्युस्टारले दोश्रो हाफमा थप ३ गोल खाएको थियो ।
५६ औं मिनेटमा मच्छिन्द्रको लागी मनिष डागीले गोल गरे । ६७ औं मिनेटमा सुनसरीले आत्माघाती गोल खाएको थियो । सञ्जय श्रेष्ठले बल क्लियर गर्ने क्रममा आत्माघाती गोल भएको थियो । ६७ औं मिनेटमा न्युस्टारका सन्दिप श्रेष्ठले १ गोल फर्काए पनि जितको लागी पर्याप्त भएन ८५ औं मिनेटमा मच्छिन्द्रका लागी सौरभ सुब्बाले छैटौं गोल गरेका थिएखेल अवधि मच्छिन्द्रको आधा दर्जन बढी प्रहार बाहिरिएको थियो । सुनसरीका केहि राम्रा प्रहारहरु आकाशिएका थिए ।
तयारीका साथ पाँचथर आएकाले नतिजा पनि सोचेअनुरुप आइरहेको मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले बताए । १० दिन यहि प्रतियोगिताको लागी बिशेष तयारी गरेको न्यौपानेले बताए । यहि खेलमैदान झापा सँगको खेलको अनुभबले मच्छिन्द्रलाइ फाइदा पुगेको न्युस्टारका प्रशिक्षक बिनयकुमार चौधरीले बताए । आफ्ना खेलाडीहरुको सोचेअनुरुप प्रर्दशन गर्न नसक्दा फराकिलो हार व्यहोरनु परेको चौधरीले बताए ।
मच्छिन्द्रका सनिष श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे । बुधबार चर्च व्याइज युनाइटेड र बिराटनगर सिटि फुटबल क्लब बीच खेल हुनेछ ।
प्रतियोगितामा एक विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् । विजेताले १० लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपौया नगद पुरस्कार पाउनेछन् ।