पाँचथर । पाँचथरमा जारी एघारौं फाल्गुनन्द गोल्डकपमा विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा हराउदै आयोजक फिदिम स्र्पोटिङ क्लब सेमीफाइनल प्रबेश गरेको छ । फिदिमले आर्मीलाई हराए सँगै पाँचथरे टोलीले गत वर्ष फागुनमा भएको चौथो पाँचथर गोल्डकपको फाइनलमा हारेको हारको बदला लिएको छ ।
सोमबार फिदिम माबिको खेलमैदानमा भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आयोजक फिदिम टाइब्रेकरमा ४-२ गोल अन्तरले विजयी भएको हो । निर्धारित ९० मिनेट सम्म गोलरहित बराबरीमा खेल टुङगीए पछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । टाइब्रेकरमा फिदिमका गोल रक्षक नायक बने । टाइब्रेकरमा फिदिमको तर्फबाट आशिष चापागाई,बिशाल दर्जी, राम वाजी र नीरोज लिङदेनले गोल गरेका थिए । फिदिमका शुक्रराज राईको प्रहार आर्मीका गोल रक्षक नबीन परियारले रोकेका थिए ।
यता, आर्मीको लागी निरजकुमार घिसिङ र सन्तोष केसिले मात्र गोल गर्न सफल भएका थिए । सुजित शाहि र सिद्धान्त चौधरीको प्रहार फिदिमका गोल रक्षक मिराक खजुमले रोकोका थिए । नेपाली फुटबलको शक्तिशाली टोली मानिने त्रिभुवन आमीै फुटबल क्लबले मौफसलमा भइरहेका गोल्डकपहरुमा लय गुमाएको छ । मंसिर अन्तिम साता इलाममा भएको इलाम गोल्डकपमा पनि आर्मी पहिलो खेलमै पराजित भएको थियो । इलामको हार पछि छिमेकी जिल्ला पाँचथरमा समेल आर्मी पहिलो खेलमै पराजित भएको छ । खेल अवधिभर आयोजक फिदिम स्र्पोटिङले आर्मीमाथि निरन्तर दबाब सिर्जना गरेको थियो। आर्मी सुरुदेखि अन्तिमसम्मै रक्षात्मक भएर खेल्यो।
खेलको २२ औं मिनेटमै फिदिमका शुकराज राईले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार आर्मीका गोलरक्षक नबीन परियारले उत्कृष्ट बचाउ गरे। सुरुआतमै आक्रामक खेल खेलेको फिदिमले पहिलो हाफमा चार सशक्त प्रहार गरेको भए पनि गोलमा परिणत हुन सकेन । ३१ औं मिनेटमा फिदिमका दिनेश शेर्माले गोलको राम्रो अबशर गुमाएका थिए । पहिलो हाफको ४० औं मिनेटमा फिदिमका मुख्य डिफ्रेन्डर प्रकाश घमलाई आर्मीका खेलाडीले खतरनाक ट्याकल गरे पछि घाइते भएका धमलालाइ अस्पताल लानु परेको थियो । धमला बाहिरिए पछि आर्मीले गोलका केहि अबशर सृजना गरे पनि गोल गर्न सकेन । आयाेजक फिदिम पहिलाेखेलमा पनि कर्साङ फुटबल क्लबलाइ टाइब्रेकरमै हराउदै क्वाटर फाइनल प्रबेश गरेकाे थियाे ।
फिदिमका डिफ्रेन्डर बिशाल दजीै प्लेयर अफ दि म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे ।
पुस १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र दोस्रो टोली ५ लाख ५ सय ५५ रुपैँया पाँउनेछ ।२०७५ सालमा सञ्चालन भएको १० औं संस्करणको गोल्डकपको भन्दा यसपटक पुरस्कार राशि दोब्बर भन्दा बढी गरिएको छ। प्रतियोगितामा झन्डै ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ दि म्याचले १० हजार र सर्वाधिक गोलकर्ताले १५ हजार रुपैयाँ पाउनेछन् । यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
फाल्गुनन्द गोल्डकपमा मंगलबार हुने खेल
मच्छिन्द्र फुटबल क्लब र न्युस्टार फुटबल क्लब सुनसरी