पाँचथर । आजदेखि ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप सञ्चालन हुँदैछ । ६ वर्ष पछि हुन लागेको फाल्गुनन्द गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक फिदिम स्र्पोटिङ क्लब र भारतको खर्साङ फुटबल क्लब बिच प्रतिस्पर्धा हुने छ । फिदिम माबिकाे खेल मैदनमा दिउसाे १ बजेबाट खेल सुरु हुने छ ।
प्रतियोगितामा जम्मा १० टीमले सभागिता जनाउने भएका छन् । आज हुने उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ । आईतबार हुने खेलमा मच्छिन्द्र एफसी काठमाडौँ र झापा ११ फुटबल क्लब भिड्नेछन् । त्रीभुवन आर्मी एफसी र झापाको न्यू स्टार क्लब बाइ पाएर सोझै क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
पहिलो खेलको विजेताले आर्मी र दोस्रो खेलको विजेताले न्यू स्टारसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी, चर्च ब्वाइज युनाइटेडले विराटनगर सिटी एफसीसँग र एनआरटी काठमाडौँले सलहेश युवा क्लब सिरहासँग अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।
पुस १५ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ पाउने छ । उपबिजेताले ५ लाख पाँच सय ५५ रुपैँया पाँउनेछ । २०६५ सालमा सञ्चालन भएको १० औँ संस्करणको गोल्डकपको भन्दा यसपटक पुरस्कार राशि दोब्बर बनाइएको हो । आयोजकका अनुसार प्रतियोगितामा ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछ । यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार प्राप्त गर्नेछन् ।