पाँचथर । फाल्गुन १२ गतेबाट सुरुहुने चैथो पाँचथर गोल्डकप प्रतियोगितामा सहभागी हुने टिमको टुङगो लागेको छ । मंगलबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन मार्फत आयोजक पाँचथर क्लबले प्रतियोगितामा सहभागी हुने टोली सार्वजनिक गरेका हुन् ।
। करिव चार बर्षपछि यो प्रतियोगिता हुन लागेको हो । अन्तिम पटक २०७६ को चैतमा भएको यो प्रतियोगिता त्यसपछि विभिन्न कारणले रोकिदै आएको थियो । प्रतियोगित फिदिम माबिको खेलमैदानमा हुनेछ ।
८ टिमको सहभागिता हुने प्रतियोगितामा एक अन्तराष्ट्रि टिमको रुपमा भारतको हिल्स फुटबल एकेडेमीको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक पाँचथर क्लब, ए डिभिजन क्लब त्रिभुवन आर्मि फुटबल क्लब, बाग्मती फुटबल क्लब सलार्ही, पथरी ११ फुटबल क्लब मोरङ, झापा ११ फुटबल क्लब झापा, नमो बुद्ध युवा फुटबल क्लब सप्तरी, रेर्डहर्स फुटबल क्लब इलामको सहभागिता रहने आयोजकले जानकारी दिए ।
प्रतियोगिताको म्यान अफ दि म्याचले नगद ५ हजार,सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार प्राप्त गर्ने छन् । उदीयमान खेलाडी र प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले समान नगद १५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिए । प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले नगद २५ सय प्राप्त गर्दा सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) ले पनि नगद २५ सय प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछन । प्रतियोगितामासहभागि खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक बिमा गरिएको आयोजकले जानकारी दिए । व्यवस्थित खेलमैदान नभएको र बाँसको अस्थाइ प्यारापिटबाट दर्शकले खेल हेर्न पर्ने भएकाले दर्शको समेत बिमा गरिने आयोजकले जनाएको छ । प्रतियाेिगताकाे फाइनल खेल फाल्गुन १९ गते हुने छ ।





