बिष्णु अधिकारी ( पाँचथर ) । पाँचथरमा व्यवसायिक रुपमा ड्राइगन फ्रुड खेती गर्ने थालिएको छ । हिलिहाङ गाउँपालिका वडा नं ७ का स्थानीय ईश्वर सुबेदि र फणीन्द्र रिजालको संयुक्त लगानीमा ड्राईगनको खेती सुरू गरेका हुन् ।
धनकुटाबाट रु रु रू १७० प्रतिगोटाको दरले ड्राईगन फ्रुडको बिरुवा ल्याए व्यवसायिक खेती सुरु गरीएको हो । जिल्लामा हाल सम्म अन्य व्यक्तिले व्यवसायिक रुपमा ड्राइगन फ्रुडको खेती गरेका छैनन् । उक्त ड्राईगन फर्ममा छ सय १ पोल बिरुवा लगाएको फर्मका फणीन्द्र रीजालले बताए ।
अहिले सम्मको जम्मा लगानि प्रति बिरुवा सिमेन्टको पोल बिरुवा ढुवानी गरेर जम्मा एकहजार ५ सय रूपैया आएको छ ।
ड्रागनको फल प्रतीकेजी बजार मुल्य ८०० रूपैयामा बिक्री हुने गरेको छ । असार सम्ममा एक लट उत्पादन निकाल्ने योजना रहेको रिजालले बताए । ‘हाल सम्म छ सय बिरुवा लगाई सकेका छौं हाम्रो योजना ४० रोपनिमा लगाउने हो ।’ अहिले ४० रोपनि जग्गा किनी सकेको र क्रमस लगानि बढाई पुणर् रूपमा व्यवसायीक बन्ने योजना रहेको उनले बताए । ‘मैले ड्राइगन खेती लाई यसलाई विस्तार गर्ने योजना वनाएको छु’ रिजालले भने ।
‘एकै पटक व्यवसायिक रुपमा अगाडि वढाउनु भन्दा परीक्षण गरे अगाडि वढदा राम्रो होला भनेर यसो गरेको हु’ रिजालले भने । एउटा ड्राइगन फ्रुडको विरुवाको मुल्य ८ सयदेखि १ हजारसम्म पर्ने गरेको उनको भनाइ रहेको छ । ड्राइगन फ्रुड खेती गर्नका लागि पाँचथर उपयुक्त स्थान रहेको उनले बताए ।
ड्राइगन फ्रुड फलफुलको रुपमा प्रयोग गरिने रिजालले बताए । यो क्यान्सर, सुगर भएका व्यक्तिले समेत खान मिल्ने बताए ।