पाँचथर । मिक्लाजुङ गाउँपालिकाले कृषकलाई प्रोत्सहान गर्न १७२ जना किसानलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
गाउँपालिका भित्र सबै भन्दा बढी उत्पादन गर्ने १७२ जना किसानलाई गाउँपालिकाले पुरस्कार स्वरुप करिब ९६ लाख रुपैयाँ खर्च गरेको छ । कार्यक्रममा ४० मुरी भन्दा धेरै धान फलाउने ८१ जना, २२ फुट लम्बाइ र ४ फुट उचाइ भएको थाङग्राभरी मकै फलाउने १६४ जना र ३५ मन भन्दा धेरै आलु फलाउने २७ जना किसानलाई सामुहिक रुपमा सम्मान गरीएको मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्रीले जानकारी दिए ।
मिक्लाजुङ ३ का जयप्रकाश ढकालले पालिकाको यो कार्यक्रम किसानका लागि राम्रो भएको बताए । काम गर्ने किसानको प्रोत्साहन गर्न गाउँपालिकाले ल्याएको कार्यक्रम प्रभावकारी हुने उनले बताए ।
“गाउँपालिकाको मुख्य श्रोत नै कृषि हो । किसानलाई प्रोत्साहन गर्न सकिएन भने कृषि उत्पादन बढाउन सकिदैन” गाँपालिकाका अध्यक्ष अमरराज माखिमले भने, “किसानलाई प्रोत्साहन गर्न पुरस्कृत गरेका हौं । कृषि उत्पादन गर्न कृषकमा हौसला प्रदान गर्न यस्तो कार्यक्रम ल्याएको माखिम बताउँछन् । उनका अनुसार कृषकलाई दिएका अनुदानको अनुगमन गर्न वडा स्तरमै संयन्त्र बनाइ अनुगमन समेत गर्ने गरीएको बताए ।
गाँउपालिकाले गत आर्थिक वर्ष २०७७-०७८ देखि किसान पुरस्कृत गर्ने नीतिगत व्यब्था गरेको जनाएको छ ।