कृष्ण दुलाल
पाँचथर– पहिले पहिले गित डाउनलोड गरि एमएक्स प्लेयर, भियल्सी मिडिया, प्लेयर म्युजिक प्लेयर लगायतका एप बाट गित सुनिने गरिन्थ्यो तर समयको माग अनुसार सबै ठाँउमा इन्टरनेटको पहुच पुगि सक्यो । प्राय सबैले युटुबबाट नै गित भिडियो हेर्ने, सुन्ने गरिन्छ । किनकी युटुबमा आफुले इच्छाएजस्तो सबै गित, भिडियो छिटै र सजिलो तरिकाले सुन्न र हेर्न सकिन्छ साथै आफ्नो फोनको मेमोरी पनि प्रयोग हुदैन त्यसैले पनि यो गजब्ब नै रहेको छ । तर युटुबबाट गित सुन्दा त्यसलाई मिनिमाईज गरेर तपाईले ब्याकसाईडमा गित सुन्दै मोबाईलमा अरु क्रियाकलाप गर्न सक्नु हुदैन तर यसको लागी तपाईलाई मोबाईलमा पनि अर्को विकल्प रहेको छ । आज हामी त्यस विषयलाई चर्चा गर्दछौ ।
मोबाईलमा कसरी मिनिमाईज गरेर युटुबको गित सुन्दै अरु क्रियाकलाप गर्न सकिन्छ त ?
पहिलो नम्बरमा तपाईको मोबाईलमा गुगल क्रोमको खोजि गर्नुहोस । त्यसपछि त्यसलाई ओपन गर्नुहोस । ओपन गरिसकेपछि दायाँ साईटको माथिल्लो भागमा रहेको तिन वटा थोप्लामा थिच्नुहोस र त्यहा खुलेको विन्डोलाई स्क्रोल डाउन गर्नुहोस र त्यहाँ देखिएको डेक्सटप साईटमा क्लिक गरि टिक लगाउर्नुहोस । अब भने तपाईको मोबाईल कम्प्युटरमा भएको जस्तै गरि तपाईको क्रोम चल्न थाल्छ । त्यस पछि माथिरहको सर्च अर टाइप वेव एडरेसमा क्लिक गरि युटुवको वेव एडरेस www.youtube.com टाइप गरि इन्टर बटनमा क्लिक गर्नु होस । अब तपाईको मोबाईलमा युटुव खुल्छ कुनै पनि तपाईलाई मन पर्ने एउटा गित बजाउनुहोस र त्यस विन्डो लाई मिनिमाईज गर्नुहोस । र तपाईको मोबाईलको नोटिफिकेसन बार कसैको उभो बाट तल तिर तान्दा आउछ कसै कसैको मोवाइलमा तल बाट माथि तान्दा आउछ त्यहा युटुबको गित पज भईरहेको हुन्छ त्यसलाई प्ले गरेर तपाईले तपाईको मोबाईलमा युटुवको गित सुन्दै अन्य क्रियाकलाप गर्न सक्नुहुनेछ ।