दिपक बाेहाेरा । जिल्ला निर्वाचन कार्यालय पाँचथरको प्रारम्भिक तथ्याङ अनुसार पाँचथरमा १६ हजार १ सय ४१ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले संचालन गरेको विशेष अभियानअन्तर्गत नयाँ मददाता थपिएका हुन् ।पाँचथरमा २०७४ सालको अन्तीम नामावलीमा १ लाख २५ हजार २ सय २१ जना मतदात थिए । अहिले १६ हजार १ सय ४१ मतदाता थपिएर १ लाख ४१ हजार ३ सय ६२ जना मतदाता पुगे जिल्ला निर्वाचन कार्यालय पाँचथरले जानकारी दिएको छ ।
जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन १७ मंसिरदेखी १९ पुससम्म संचालन भएको थियो । पहिलो चरणको मंसिर १७ गतेदेखि २६ गतेसम्म र मंसिर २९ देखि पुष ९ सम्म दोश्रो चरणको मतदाता नामावली संकलन अभियान सञ्चालन भएको थियो । दुई चरणको अभियान र प्रशासन कार्यलय मार्फत दर्ता भएको नामावली अनुसार पाँचथरमा १६ हजार १ सय ४१ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।
निर्वाचन कार्यालय पाँचथरका अनुसार सवै भन्दा बढि फिदिम नगरपालीकामा नगरपालिकामा ४ हजार ९ सय ३ नयाँ मतदाता थपिएका छन भने सवै भन्दा कम तुम्बेवा गाउँपालिकामा ५ सय ५७ जना मात्र नयाँ मतदाता थपिएका छन । त्यस्तै मिक्लाजुङ गाउँपालिकामा १८ सय ३३ जना, फाल्गुनन्द गाउँपालिकामा २९ सय ७० जना, कुम्मायक गाउँपालिकामा ११ सय ५९ जना, फालेलुङ गाउँपालिकामा, २ हजार ४ जना, याङवरक गाउँपालिकामा १६ सय ८० जना र हिहिहाङ गाउँपालिकामा १८ सय ४५ जना नयाँ मतदाता थपिएका छन ।
यो प्ररम्भीक तथ्याङक मात्र रहेको जिल्ला निर्वाचन कार्यालका प्रमुख कुमारप्रसाद भट्टराईले बताए ।
केहिदिनमा जिल्लाका ८ वटै स्थानीय तहका केन्द्रमा पुगेर मतदाता नामावलीमा कुनै त्रुटि भए सच्च्याउन, बसाइँसराइ, मृत्यु वा अन्य कुनै कारण भए उजूरी दिनसकिने निर्वाचन अधिकारी भट्टराईले बताए । सो कार्यक्रम पछाडी तथ्याङ तलमाथि हुन सक्ने भट्टराईले बताए ।
अहिलेको विवरण मतदाता नामावली संकलनबाट संकलित मतदाताहरुको संख्या मात्र अहिले निकालिएको र ती मतदातालाई अद्यावधिक गर्न बाँकी रहेको निर्वाचन कार्यालयका प्रमुख कुमारप्रसाद भट्टराईले बताए । उनले केही दिनमै जिल्लाका कूल मतदाताको संख्या यकिन हुने जानकारी दिए ।
सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेपछि पाँचथरको मतदाता नामावली संकलन कार्य पनि रोकिएको उनले जानकारी दिए । दर्ता भएका विवरण रुजु गर्ने काम भए पछि , नाम दोहोरिएको र मृत्यु भइसकेकोहरुको नाम हटेर अन्तीम नामावली प्रकाशन भए पछि मात्र एकिन बिबरण आउने जिल्ला निर्वाचन कार्यलय पाँचथरले जनाएको छ ।