दिपक बाेहाेरा । कुम्मायक गाउँपालिका साबिक यासोक,रानिगाउँ,स्याबरुम्बा र माङजाबुङ गा.वि.स मिलेर बनेको पालिका हो । कुम्माय गाउँ पालिकाका अधिकाशं ठाउँ सुख्खा क्षेत्र हुन् । कुम्माय गाउँपालिकाको केन्द्र यासोक बजार हो ।
कुम्मायक गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली नेकपा एमालले जितेको थियो । कुम्मायक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडा एमाले जितेको थियो । एउटा वडा स्वतन्त्र उम्मेद्धारले जितेका थिए । कुम्मायक गाउँपालिकामा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षमा जयबहादुर चेम्जोङ ३ हजार २ सय २६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर लावती २ हजार ३ मत ल्याएका थिए । नेकपा माओबादी केन्द्रका तारावीर कुँवरले ४ सय १० मत ल्याएका थिए ।
यस्तै, उपप्रमुख तर्फ नेकपा एमालेकी उम्मेदवार सीता आर्चायले ३ हजार २ सय ८५ मत ल्याएर विजयी भएकी थिइन् । उनको प्रतिस्पर्धी उम्मेदवार राप्रपाका जितबहादुर अगुवाले १ हजार १ सय ३८ मत प्राप्त गरेका थिए । यस्तै, सघिंय समाजबादी पार्टीका सुर्यकिरण राईले २ सय १२ मत ल्याएका थिए ।
कुम्मायक गाउँपालिकामा रहेका ५ वडा मध्ये सर्वाधिक नेकपा एमालले ४ वटा वडामा जीत हासिल गरेको थियो । एउटा वडामा स्वतन्त्र उम्मेद्धारले जितेका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कुम्माय गाउँपालिका अन्तर्गत रहेका वडाहरूमा निर्वाचन परिणामको अवस्था यस्तो थियो :
वडा नं. १ :
वडा अध्यक्ष निर्वाचित स्वतन्त्र उम्मेद्धार (हाल जनता समाजबादी पार्टी ) देबेन्द्र कुमार लावती : ५ सय ७ मत
नेकपा एमालेका खड्कबहादुर बराल : ४ सय ७४ मत
राप्रपाका टठबहादुर घिमिरे : ३ सय ४४ मत
वडा नं. २ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका बालकृष्ण शेमा (हाल नेकपा एकिकृत समाजबादी पार्टि ) : ७ सय १ मत
कांग्रेसका लोकबहादुर निरौला : ५ सय ४४ मत
माओबादी केन्द्रका डिकेन्द्रकुमार शेर्मा : १ सय ८० मत
वडा नंं. ३ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका रामप्रसाद गजुरेल : ५ सय ५ मत
नेपाली कांग्रेसका कमलबिक्रम सम्हाम्फे : २ सय ९० मत
संघिय समाजबादी फोरम नेपालका कविन्द्र सम्हाम्फे : १७ मत
वडा नं. ४ :
वडा अध्यक्ष निर्वाचित नेकपा एमालेका पुणर्बहादुर खड्का : ५ सय ५७ मत
राष्ट्रिय जनमुक्ती पार्टिका सुर्य सम्हाम्फ : १ सय २२ मत
नेपाली कांग्रेसका नन्दिकेशर निरौला : ६५ मत
वडा नं. ५ :
नेकपा एमालेका यामबहादुर बोहोरा ७ सय ११ मत ल्याएर विजयी
मओबादी केन्द्रका महेन्द्रबहादुर खड्का : ३ सय ३८ मत
राप्रपाका कुलबहादुर चेम्जोङ : ४३ मत