पाँचथर । जन्तीहरुले बेहुलीको घरबाट बेहुलीलाइ डोलीमा बोकाइ बेहुलाको घर तर्फ गइरहेका थिए । लामो बाटो हिडिसके पछि जन्तीहरुलाई थकाइलाग्यो, उनिहरु थकाइमार्न मिक्लाजुङ गाउँपालिकाको रबि बजार देखि उत्तर दिशा तर्फकाे डाँडामा थकाइमार्न बसे । उनिहरुले त्यही डाँडामा डोली बिसाएर खानपान गरे । केहि समय आराम गरेर जब डोली उठाए र अगाडी बढ्न खोजे बेहुली डोलीबाट हराइ सकेकी थिइन । यसरी एकाएक बेहुली हराए पछि सबै अच्चम परेको । जतिखोजे पनि बेहुली भेटिएन । डाँडाको पछाडी हेर्दा बेहुली जस्तै जस्तै ढुङगा देखियो । जसलाइआज सम्म हराएकी बेहुलिको स्वरुप मान्ने गरीन्छ ।
यो किवदन्ती पाँचथरको दक्षिणी गाउँपालिका मिक्लाजुङमा रहेको बेहुली ढुङगाको हो । जसलाई आज सम्म पनि बेहुलीढुङगाको नामले चिन्ने गरिन्छ ।मिक्लाजुङ गाउँपालिकको केन्द्र रबि बजारबाट नजिकै रहेको पर्यटकिय सम्भावना बोकेको स्थल हो बेहुलीढुङगा । सदरमुककाम फिदिमबाट करीब १२ कोष टाढा पर्छ बेहुलीढुङगा । बेहुलीको स्वरुप जस्तै ढुङगा रहेकले यसलाई स्थानियहरु बेहुलीढुङगाको नामले चिन्ने गर्दछन् । स्थानिय स्तरमा यसको जतिचर्चा हुन्छ बाहिर त्यतीचर्चा हुन सकेको छैन् ।
प्रचार प्रसारको अभाब र यसको प्रवद्धन गर्न नसक्दा पर्यटकिय स्थलको प्रचुर सम्भावना रहेको बेहुलीढुङगा गुमनामहुदै गएको छ । सदरमुककाम बाट नजिक र हिँउदको समयमायातायातको राम्रो सुबिधा रहेको बेहुलीढुङगा पर्यटकको लागी एउटा राम्रो गन्तब्य रहेको ठाँउ हो ।हिँउदको समयमा सदमुकामबाट ३ घण्टाको समयमासानातथा ठुला सबारी साधनबाट यात्रा गर्न सकिन्छ । मेटरसाइकलबाट पनि आरामले यात्रा गर्न सकिन्छ । बर्खा समयमा कच्चि सडक भएकाले यात्रा गर्न कठिन हुने गरेको छ ।बेहुलीढुङगा बाटनजिकै रहेको जरिबुटे डाँडा बाट सुर्यदयको मनोरम दृश्य पनिदृष्या अवलोकन गर्न सकिन्छ । प्रचार प्रसारमा कुनै पक्षको ध्याननजादा यि स्थानहरु गुमनाम रहेका छन् ।जरिबुटडाँडामा अहिले मिक्लाजुङ गाउँपालिकाले बुद्ध पार्क निर्माण गरिरहेको छ ।
बेहुलीढुङगा एक धार्मिक आस्थाको केन्द पनि हो । यहाँ प्रत्येक बर्ष किरात धर्मम्वीहरुले पुजआजा गर्ने गरेका छन् ।