इँटा बनाउन खनेको खाल्डोमा परी बालिकाको मृत्यु भएको छ । सर्लाही बरथहवा नगरपालिका–१५ स्थायी घर भई विदुर नगरपालिका–६ बस्ने रतन महराकी चार वर्षीया छोरी कृतिको शनिबार ज्यान गएको हो
विदुर नगरपालिका–६ बुनीबेंसीस्थित जालपाभैरवी इँटा उद्योगको इँटा बनाउन खटिएको खाल्डोमा परेर बालिकाको ज्यान गएको हो । उनका बुवा रतन सोही इँटा उद्योगमा कार्यरत थिए ।
खाल्डोमा जमेको पानीमा डुबेकी बालिकाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।