इलाम । इलामको सूर्योदय नगरपालिकाको कन्याममा नीजि जमिनमा जाने सडक निर्माण गर्दा चिया बिकास निगमको जमिन अतिक्रमण गरिएको भन्दै स्थानीय युवाले सडक पुरेका छन । सूर्योदय नगरपालिका ७ को कन्याममा केहि दिन अघि निजी जमिनमा जाने सडक खन्दा चिया निगमको केहि जमिन समेत अतिक्रमण गरेर सडक निर्माण गरिएको भन्दै स्थानीय युवाले माग ११ गते बिरोध कार्यक्रम गरेका थिए। उनीहरुले उक्त सडक रोक्न माग गर्दै नगर प्रमुख रणबहादुर राईलाई सोही दिन ज्ञापन पत्र समेत बुझाएका थिए ।
नगर प्रमुख राईले उक्त बिषयमा आफुले बुझ्ने बताए पनि हालसम्म वास्ता नभएको पाईएपछि कन्याम चिया बगानका ब्यवस्थापक सचिन सुब्बाको नेतृत्वमा सूर्योदयका करिब ४० युवाले जेसिबि लगाएर मंगलबार सडक बन्द गराएको फिक्कलका युवा युवराज बस्नेतले बताएका छन् । कन्याम चिया बगानका ब्यवस्थापक सुब्बाले आफुहरुलाई कुनै जानकारी बिनै सडक निर्माण गरिएको यस अघि नै बताएका थिए। सडक खन्न थालेपछि एकपटक आफुहरुले बार लगाएर रोक्दा पनि राती जेसीभी लगाएर सडक निर्माण गरेको उनको दाबि थियो ।
कन्याममा बिनिता नेपाल, दिपक नेपाल, प्रकाश नेपाल र जिवन नेपालको नाममा रहेको जमिन हुँदै गुप्ती गाउँ जाने सडक निर्माण गरिएको जग्गा धनि मध्येका जिवन नेपालले बताएका हुन्। सो क्षेत्रमा नेपाल परिवारको नाममा २०२८ सालमा दर्ता कायम रहेको १ सय ३२ रोपनी जग्गा रहेको छ । उक्त जमिनमा सडक लैजादा केहि जमिन चिया बगानको भएर सडक खनिएको स्थानीय युवाको आरोप रहेको छ । उनीहरुले पर्यटकीय क्षेत्रको चिया बगान मासेर सडक निर्माण गरी सम्पदाको नष्ट गर्न नपाईने भन्दै बिरोध जनाउदै आएका हुन ।
सडकको १५ मिटर कटाउदा समेत करिव १२ फुट जमिनमा ६ मिटरको सडक खन्दा बगानको जमिन अतिक्रमण भएको स्थानीय युवा सरण फागोले बताएका छन । उनीहरुले सूर्योदय नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शिब कुमार बस्नेतले पेलेर बाटो खनाएको आरोप लगाएका छन । जमिन वडा नम्बर ७ उनले बगानको बिर्तामोडमा रहेको ब्यावस्थापन पक्ष संग समन्वय गरेर सडक निर्माण गरिएको जनाएका थिए ।
यता वडा नम्बर ६ का वडाध्यक्ष शिवकुमार बस्नेत ब्यक्तिको जमिनमा जाने बाटो स्वयम जग्गा धनीले खनेकाले आफनो कुनै सम्लग्नता नरहेको बताउँछन्। उहाले पहिले देखि नै उक्त क्षेत्रमा सानो सडक रहेकाले तत्लो गुप्ती गाउँ जाने सडक समेत आवश्यक भएकाले बढाईएको हुँन सक्ने बताए ।
वडा नम्बर ७ का वडाध्यक्ष लेखनाथ खडकाले उक्त सडक खन्न वडा संग कुनै समन्वय नभएको जानकारी दिएका छन् । उनले जसले सडक खने पनि सार्वजनिक सम्पती नष्ट गर्ने काम गर्न नहुने बताए ’।
यस अघि समेत कन्याम क्षेत्रमा केहि संरचना बगानको जमिनमा निर्माण गरिएको भए पनि कसैले बिरोध जनाएको थिएन । स्थानीयले सबै बगानको जमिन मिचीएका संरचना हटाउनु पर्ने माग गरेका छन ।
२०५० सालमा तत्कालिन सरकारको अर्थ मन्त्रालयको नीजिकरण शाखाले ५० बर्षका लागि कन्याम सहित इलाम र झापाका ७ वटा चिया बगान भारतको संघाई त्रिर्वेणर्ी गु्रपलाई लिजमा दिएको थियो । संघाईले सरकारलाई तिर्नु पर्ने कर समेत नतिरेको भन्दै स्थानीय पालिकाले संम्झौता भंग गरी स्थानीय सरकारको मातहतमा चिया बगान ल्याउन माग गर्दै आएका छन । कर असुल्न स्थानीय पालिकाले पहल समेत गर्दै आएका छन । कन्याममा मात्र चिया बगानको २० करिव २० हेक्टर जमिन रहेको छ
इलामखबरबाट