दिपक बाेहाेरा । पाँचथर प्रहरीले बिहिबार साँझ एक महिलालाई ८ ग्रामको ब्राउन सुगर नामक लागुऔषध सहित प्रकाउ गर्यो । सदरमुकाम फिदिम बजारको एकदमै संबेदनशिल स्थानबाटफिदिम मा.बि छेउबाट ।
प्रकाउ परेकी महिलाको साथबाट ८ ग्रामको ब्राउन सुगर पनि प्रहरीले बरामत गर्यो । जुन स्थानबाट ति महिला प्रकाउ परिन उक्त क्षेत्र फिदिम बजारको बिद्यालयहरु भएको क्षेत्र हो । उक्त क्षेत्रमा फिदिम मा.बि, कञ्चनजङधा उच्च मा.बि र बिद्याबरदान बोडिङ स्कुल रहेका छन् । यसलाई हेर्दा पनि फिदिम बजारमा बिद्यालय क्षेत्र आसपास लागुऔषधको कारोबार हुने गरेको अनुमान लगाउन सकिन्छ ।
बिद्यालय क्षेत्र आसपासमा लागुऔषध सहित कारोबारीहरु पक्राउ पर्दा लागुऔषधको कारोबारीहरुले बिद्यार्थीहरुलाईनै तार्गेट गरेको जस्तो देखिन्छ । पाँचथरका अधिकांश युवाहरु लागुऔषधको दलदलमा फस्दै गएको जिल्ला प्रहरी कार्यालय पाँचथर तथ्याङले देखाउछ । सदरमुकाम फिदिम बजार लागुऔषधको कारोबारको केन्द्रबिन्दु बन्दै गरेको पाइन्छ । लागु औषधका सेवनकर्ता करीब १८ देखि ३० वर्ष उमेर समूहका छन् । स्कुले विद्यार्थीदेखि बेरोजगार युवा दुर्व्यसनमा फसेर आफ्नो जीवन बर्बाद गरिरहेका छन् । अभिभावकबाट राम्रो हेरचाह नपाएकाहरु बढीजसो लागु औषध प्रयोगकर्ता भएको प्रहरी बताउछन् ।
प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी डम्बर बिश्बाकर्माले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षसहित पाँच आर्थिक वर्षमा जम्मा ३१ जनालाई लागु औषध सेवन र कारोबारमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँथरले पक्राउ गरेको हो । जसमा एक जना बालक पनि छन् । जसमा आर्थिक वर्ष २०७४/०७५ मा १ जनालाई प्रहरीले पक्राउ गरेको थियो । २०७५/०७६ मा २ जना, त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा १७ जना पक्राउ परेका थिए भने १५ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङमा रहेको छ । आव २०७७/०७८ एक जना बालक सहित ३ जना पक्राउ परेका थिए । चालू आर्थिक वर्षमा ८ जनालाई प्रहरीले लागुऔषध कारोबारमा संलग्न भएको भन्दै पक्राउ गरेको हो । ४ जना फरार रहेको प्रहरीले बताएको छ । चालु आवमा लागुऔषध कारोबारमा संलग्न कारोबारीहरुको साथबाट प्रहरीले नगद रु. १४६९६५ रुपौंया समेत बरामत गरेको थियो ।
चालू आर्थिक वर्षमा पक्राउ परेका ८ जना मध्ये ६ जना लागुऔषध सेवन गर्ने प्रयोगकर्ता र २ जना कारोबारमा संंलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङक अनुसार पाँचथर जिल्लामा आर्थिक वर्ष २०७६/०७७ सबै भन्दा लागुऔषध सेवन गर्ने प्रयोगकर्ता पक्राउ परेको देखिन्छ ।
पक्राउ पर्नेहरूमा १ जना महिला र ३० जना पुरुष रहेको प्रहरीको तथ्यांकमा रहेको छ । प्रहरीका अनुसार सम्पन्न परिवारदेखि न्यून आयस्तर भएका युवा उमेर समूहका ब्यक्तिहरु कारोबारमा संलग्न भएका छन् ।लागुऔषध कारोबारमा पक्राउ हुनेहरू सबै युवा उमेर समूहका रहेको प्रहरीको भनाइ छ ।
लागुऔषध नियन्त्रणमा प्रहरीको एकल प्रयास
जिल्लामा लागुऔषध नियन्त्रणमा प्रहरीकोमात्र एकल प्रयास रहेको छ । प्रहरी तथ्यांकअनुसार जिल्लाको धेरै प्रयोगकर्ता र कारोबारी भएको फिदिम नगरपालिकासँग पनि लागुऔषध नियन्त्रणका लागि ठोस् योजना छैन । नगरपालिकाले हाल कुनै कार्यक्रम संचालन गर्न नसकेको नगरपालिका स्रोत बताउछन् । जिल्लामा बेलाबेला प्रहरीले विभिन्न संघसंस्थासँग मिलेर जनचेतनाको कार्यक्रम गरेको बाहेक अन्य कसैको ध्यान यता तर्फ गएको देखिदैन ।
लागुऔषध प्रयोगकर्ता पीडित हुन् । अर्काको लहै-लहैमा लागुऔषध प्रयोग गर्नेका लागि सुधार र चेतनाको खाँचो छ । तर, पाँचथरका कुनै पनि स्थानिय सरकारको चासो यसको नियन्त्रण तर्फ गएको छैन् । लागुऔषध प्रयोग नियन्त्रणमा प्रहरी लाइ सबैले साथ दिदाँ मात्र लागुऔषध नियन्त्रणमा सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी डम्बर बिश्बाकर्माले बताए । प्रहरीले मात्र कुनै पनि अपराध नियन्त्रण गर्न नसक्ने उनी बताउँछन् । अपराध नियन्त्रणका लागि नागरिक समाज, स्थानीय सरकारको पनि उतिकै सहयोग आवश्यकता पर्ने उनले बताए । लागुऔषध नियन्त्रणका लागि स्थानीय सरकार र प्रदेश सरकारले विशेष भूमिका देखाउनुपर्ने उनी बताउँछन् ।
प्रयोगकर्ता मात्र समातिन्छन्, ब्यापारी फेला पर्दैन्न
प्रहरी लागुऔषधको खास ब्यापारी सम्म पुग्ननै सकेको छैन् । पछिल्ला पटक पक्राउ परेका अधिकांश लागुऔषधको प्रयोगकर्ताहरु मात्र छन् । पाँचथरमा लागुऔषध कहाँबाट आँउछ र कसले सबै तिर बितरण गर्छ यसको जवाफ कोहि संग छैन् । पाँचथरमा लागुऔषधका प्रयोगकर्ताहरु मात्र नभई सामान्य आपूर्तिकर्ता पनि रहेको पाइएको छ ।
झापा लगायत छिमेकी जिल्लाहरुबाट लागुऔषध ल्याउने र प्रयोगकर्ताहरुलाई बितरण गर्ने गरेको प्रहरी बताउछन् । तर लागुऔषधकै ठुला कारोबारीहरु भने जिल्लामा अहिले सम्म प्रहरीले पक्राउन गर्न सकेको छैन् । पक्राउ परेका कि लागुऔषधका प्रयोगकर्ताहरु रहेका छन् कि त लागुऔषधका सामान्य आपूर्तिकर्ताहरुलाई मात्र प्रहरीले पक्राउ गरेको छ ।
जिल्लामा पछिल्ला पाँच आर्थिक वर्षमा लागुऔषध सम्बन्धी जिल्ला प्रहरी कार्यालयले मा १७ वटा मुद्दा दर्ता भएको तथ्याङक छ । जसमा आर्थिक वर्ष २०७४/०७५ मा १ वटा, २०७५/०७६ मा २ वटा, त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ७ वटा, आव २०७७/०७८ २ वटा र चालू आर्थिक वर्षमा ६वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले बताएको छ । पछिल्ला पाँच आर्थिक वर्षमा पक्राउ परेका ३१ जना मध्ये १० जना बिक्री वितरणमा संलग्न भएका र बाँकी २१ जना लागुऔषध सेवन गर्ने प्रयोगकर्ताहरु रहेको प्रहरीको तथ्याङकमा देखिन्छ । यसैलाई अध्ययन गर्दा खास ब्यापारीहरु फेला पर्न नसकेको देखिन्छ ।
पाँचथरमा लागुऔषध कारोबामा संलग्न हुनेहरु संग नाईट्रोज चक्की,ब्राउन सुगर,ट्रेमोडल चक्की लगयतका लागुऔषधहरु प्रहरीले बरामत गरेको छ ।
कभर फाेटाे : सदरमुकाम फिदिम बजार काे हाे ।
कभर फाेटाे : डेबिट अोझा