पाँचथर । दलहरु बिच सहमति भएपछि मात्र एमसिसि पास हुने सहमहामन्त्री भिष्मराज आङ्दम्बेले बताएका छन् । पाँचथर प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आङ्देम्बेले हिजो सत्तामा भएकाहरुले सत्तामा हुदा र सत्तामा नहुदा दिएका एमसिसी प्रतिको फरक फरक अभिव्यक्तिले जनतामा एमसिसी प्रती भ्रम शृजना भएको बताएका छन् । आङ्देम्बेले भने ‘ सबै राजनैतिक दल र जनता एकै ठाउँ बसेर मात्र एमसिसी पास हुने छ’ ।
नेपाली काङ्रेसका सहमहामन्त्री भएपछी पहिलो पटक गृह जिल्लामा आयोजना भएको पत्रकार सम्मेलनमा आङ्देम्बेले ‘काँङ्रेसको नया नेतृत्वमा हस्तान्तरण र पुस्तान्तरण दुबै भएको बताएका छन्’ ।
पत्रकार सम्मेलनमा आङ्देम्बेले भने ‘नेपाली काँग्रेसभित्र बिसंगितहरु भएको र त्यस्लाइ माथी केन्द्र देखि नै शुद्धीकरण गर्ने अभियान चलाउने छौ’ ।
पत्रकार सम्मेलनमा संसद अवरुद्ध बारे बोल्दै आङ्देम्बेले बिपक्षिले संसद अबरुद्ध गर्दा पनि बार्ता बाटनै समस्या समाधान गर्नुपर्छ भन्नू नै सत्तापक्षले देखाएको संबेदनसिलता हो । संसदभित्र बाट धेरै कुरा सम्बोधन हुने हुदा संसद अवरुद्ध हटाएर मुलुकलाइ निकास दिनु पर्ने बताएका छन् । उनले भने ‘संसद अवरुद्ध गर्ने अनि भत्ता चै खाइ रहेने ? यस्तो प्रवृत्तिले मुलुकलाइ थप अन्योलतामा लगेको आङ्देम्बेको ठहर छ ।