पाँचथर । नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको आठौँ अधिवेशनको आज हुदैँ छ । आज दिउँसोबाट फिदिम स्थित जिल्ला समन्वय समितिको कभर्डहलमा हुदैँ छ । एमाले पाँचथरले अधिबेशनबाट नयाँ नेतृत्व चयन गर्दै छ । एमाले अधिबेशनकोलागी पाँचथरबाट भौगोलिक तथा गैरभौगोलिक क्षेत्र र जिल्ला सम्मेलन आयोजक समितिका सदस्यहरु गरी कूल ६०७ जना प्रतिनिधि सहभागी हुनेछन् । जिल्लाका आठ वटा स्थानीय तहका ६० वडाहरु, पाँचथर-काठमाण्डौं सम्पर्क मञ्च तथा जिल्ला स्थित भातृ संगठनका तर्फबाट प्रतिनिधिहरु चयन भएका हुन् ।
एमालेको जिल्ला कमिटीमा पाँच जना पदाधिकारी र ७० जना सदस्य निर्वाचित हुनेछन् । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक एक जना तथा उपसचिव दुई जना रहने छन् । पदाधिकारीमा आरक्षणको ब्यवस्था गरिएको छैन् । भौगोलिकमा जिल्लाका सात वटा गाउँपालिकाबाट एक महिला र दुई पुरुष गरी तीन जना तथा फिदिम नगरपालिकाबाट दुई महिला र चार पुरुष गरी छ जना सदस्य निर्वाचित हुनेछन् ।
जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयन तथा ब्यवस्थापन, अधिवेशनस्थल ब्यवस्थापन लगायतका सम्पूणर् काम सम्पन्न भएको एमाले पाँचथरको आठौँ जिल्ला अधिवेशन ब्यवस्थापन समितिका संयोजक एवं फिदिम नगरपालिका वडा नं. १ का वडाध्यक्ष गजाधर भट्टराईले जानकारी दिए ।
एमालेमा सहमतिमा नयाँ नेतृत्व सहित जिल्ला कमिटी चयन हुने सम्भावना रहेको बताइएको छ ।