पाँचथर । पुर्वको प्रसिद्ध धार्मिक स्थल पाथिभरा मन्दिर क्षेत्र हिउँले छपक्क छोपिएको छ । ताप्लेजुङको सुकेटार देखि सेताम्बे देखिएको हिउँ पाथीभरा मन्दिर आसपासमा २ देखि अढाइ फिट हिउँ परेको छ । पाथिभरा मन्दिर ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको यश क्षेत्र अरुबेला पनि चिसो क्षेत्र हो । पुस ९ गते देखि पाथिभरा मन्दिर परिषदमा थप चिसो बढ्नुका साथै सेताम्बे हिउँ देखिन थालेको थियो ।
![](https://www.kenjokhabar.com/wp-content/uploads/2021/12/270251466_5020047434694209_2272005943502949632_n.jpg)
राजेन्द्र महतको फेसबुक वालबाट
आज देखि परेको पानीले थप हिउँ बढ्नुका साथै वृद्ध र बालबालिकालाई जान केही कठिन हुने पाथिभरा क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले जानकारी दिए । चिसो बढे पनि दर्शन गर्न आउने दर्शनार्थी आउने क्रम चलिरहेको काफ्लेले केन्जो खबरलाइ बताएका छन् ।
![](https://www.kenjokhabar.com/wp-content/uploads/2021/12/270247899_5020053158026970_8247088058087154934_n.jpg)
राजेन्द्र महतको फेसबुक वालबाट
हिजो पुस १३ गते २३४ जना र आज ६३ जनाले दर्शन गरेको उनले बताए । पाथिभरा मन्दिर आउने क्रम नरोकिए पनि हिउँ परे संगै माथिल्लो फेदिका होटलहरुमा पानीको दुख हुन थालेको छ ।
होटलमा प्रयोग हुने पानी आइस भए पछि समस्या आएको हो । स्टोर गरेर राखेको पानी सबै आइस भएपछी अब होटल पनि बन्द गर्ने अवस्थामा पुगेको मथिल्लो फेदिका गुराँस होटल संचालक राजेन्द्र महत बताउछन् । उनी भन्छन् पहिला यो सिजनमा दर्शनार्थी हुदैन थिए बाटो र होटल सहज हुदा आजभोली बार्है महिना दर्शन गर्न आउनेको भिड हुन थालेको थियो तर चिसो बढे संगै र हिउँ पर्न थालेपछी दर्शनार्थीको केहि कमि भएको छ । उकालो चढ्दै जादा अक्सिजनको मात्रा कम हुने हुदा दर्शन गर्न आउने वृद्ध र बालबालिकालाइ मन्दिर नजान आग्रह गरेका छौ भने युवा भने जाँदै छन् । पर्यटकहरु दर्शन गरिसकेपछि हिउमा खेलेर रमाउने पनि गरेका छन् । तर उनी भन्छन ‘मौसम यस्तै भए होटल पनि बन्द गर्नु पर्छ होला ।’
![](https://www.kenjokhabar.com/wp-content/uploads/2021/12/270248077_5020048394694113_8430934926610196263_n.jpg)
राजेन्द्र महतको वालबाट
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर नै बादल लाग्ने छ । ‘पानी पर्ने र रोकिने क्रम आज दिनभर नै जारी रहन्छ,’ महाशाखाकी मौसमविद गंगा नगरकोटीले भनिन् । बिहीबारबाट भने सुदूरपश्चिमबाट मौसम खुल्दै जाने महाशाखाको पूर्वानुमान छ ।