पाँचथर । नेपालमा धेरै जसो युवतीहरुले धेरै रुचाउने गरेको भएपनि पछोल्लो समय युवाहरुपानी पानीपुरी तर्फ आकर्षित भएको खानेकुरा हो ‘पानीपुरी’। विशेषगरी साझमा बिक्रीहुने ‘पानीपुरी’ को स्वाद चाख्न विशेष गरी सडकमा युवतीहरुको लाइन नै लाग्ने गर्छ, त्यसमा युवाहरुकाे पनि कमी हुँदैन । ‘पानीपुरी’ नेपालमा मात्र हाेइन, साऊथ एसियामै अत्याधिक रुचाईएको खानेकुरा हो। अमिलो, पिरो,नुनिलो सबै स्वाद एउटैमा पाइने हुदा यसको स्वाद विश्वभर नै रुचाइन्छ । पानीपुरी खानेको उमेर हेर्ने हो भने सबै उमेर समुह्काले मनपराउने भए पनि बिशेष युवा पुस्तामा बिशेष लोकप्रिय छ ‘पानीपुरी’
पानीपुरी कहाँबाट आयो ?
पानीपुरी भारतको मगध क्षेत्रबाट सुरुवात भएको हो। यहाँको दक्षिणी भूभाग बिहारको नामबाट चिन्ने गरिन्छ भने यसलाई फुल्की समेत भनेर भन्ने गरिन्छ। सर्वप्रथम यहीबाट पानी पुरी बनाइएको थियो।
चिज एउटै, नाम फरक
पानीपुरी चर्चित हुँदै गएपछि विश्वभर यसलाई फरकफरक नामाकरण पनि हुनपुग्यो। यसलाई कुनै ठाउँमा गोलगप्पाको नामबाट चिनिन्छ भने कही ठाउँमा पानीपतासेको नामबाट । कतै पानीपुरीलाई खाली पकौडाको नामबाट पनि चिचिन्छ भने कहीँ वादिस्ट चाट व्यञ्जनको नामबाट चिनिन्छ । पानीपुरी खाँदा मानिसको जिब्रोमा स्वादको मज्जा भरिदिनुका साथै खाउ खाऊ लाग्ने बानीको विकास समेत गरिदिन्छ ।
पानीपुरीलाई सही ढंगबाट बनाएर खाएमा यसले शरीरलाई एसीडिटीबाट राहत दिलाउँछ भने मुडलाई फ्रेस बनाउँछ । एक अनुसन्धानले पानीपुरी पुरै क्यालोरी फूड भएको बताइएको छ। यसको एक प्लेट पानीपुरीमा चार वटा पीस हुने गरेको छ भने त्यसमा करिब १ सय क्यालोरी हुने गर्छ। तर, मानिसहरु एकै पटक धेरै खाएर शरीरलाई अस्वस्थ बनाइरहेका हुन्छन्। किनकी यो एक प्रकारको जंक फूड पनि हो।