पाँचथर । पाँचथरमा १२ बर्ष देखि १८ बर्ष सम्मका बालबालिकाहरुलाइ कोभिड विरुद्धको मोडोना खोप लगाउन सुरु गरिएको छ । बालबालिकालाई खोप लगाउने अभियान अन्तर्गत १२ बर्ष देखि १८ बर्ष सम्मका बालबालिकालाई खोप लागाउन थालिएको हो । मिक्लाजुङ, फाल्गुनन्द, तुम्बेवा र कुम्मायक गाउँपालिकामा पुस १० गते बाट खोप बितरण गरिएको भए पनि फिदिम नगरपालिका, याङ्वरक, फालेलुङ, हिलेहाङ गाउँपालिकामा १७ गते बाट २१ गते सम्म बितरण गरिने भएको छ । पाँचथरमा १२ देखि १८ बर्ष उमेर समुहका बालबालिकाको लागि २० हजार मोडोना खोप आएको स्वास्थ्य कार्यलय पाँचथरका प्रमुख तेज बाहदुर तुम्बापोले जानकारी दिएका छन् ।
पाँचथरमा जोनसोन एण्ड जोनसोन खोप ९ हजारले लगाइसकेको र पाँचथरकै लागि भनेर १ सय डोज खोप प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र प्रदेश नम्बर १ बिराटनगरमा रहेको तुम्बापोले केन्जोखबरलाई जानकारिदिएका छन् । पहिलो डोज एस्टोजेन लगाउनेहरुको लागि दोस्रो डोज ७ हजार कोभिडशिल खोप जिल्ला आइसकेको छ । यो ७ हजार खोप बितरण भैसकेपछी जिल्लामा लगभग ७२ हजारले खोप लगाउने छन् । जिल्लामा अहिले सम्म कोरोनाको कारण २९ जनाको मृत्यु भएको तुम्बापोले जानकारी दिएका छन् ।
आज निकालिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा बिदेशजाने सबैका लागि उपत्यकाको चार वटा अस्पतालहरु बिरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगंज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा जोनसन एण्ड जोनसन खोप उपलब्ध हुने जानकारी उल्लेख छ ।