मनको बगैंचामा
चाँप र गुराँस
अनि
सुनाखरी र सयपत्री
सबै सबैको सौन्दर्यमा
मेरा तृषित नयन
भ्रमर चुम्बनखोज्छ
विपरित ध्रुवीयआकर्षणले
दोभानको तटमा
मृगतृष्णाको हुरी चल्दैछ ।।
समयबगाईमा
विश्वासको रुख ढलेपछि
आशाको हाँगा भाँचिएपछि
सम्झनाको दियो
भरोसाको तेल बिना
कहाँ बल्छ र ?
त्यसैले
समर्पणको थालीमा
तपस्या र वलिदानको
सरजाम राखेर
अनुनयको भारी बिसाउँदा
फेरि चट्याङ झरेर
क्षतविक्षतभएको स्मृतिपटमा
आगोको हुरी चल्दैछ ।।
प्रिय साथी
भावनाको पुलथापेर
जीवनको सागर तर्न
सच्चा अठोटका साथ
उठेका दौंतरी हातहरु
चाकडीको हातहरुले छोएर
सम्वन्धको बन्धनपूmकाई
प्रलोभनको पहाड उम्लँदै
दाउपेचको खेल खेल्दा
पराजयको सामनामा
उपहासको तक्मा भिरेर
गौरव पाल्नु पर्दा
अवजीवनपथमा
शीत युद्धको हुरी चल्दैछ ।।
सिजनमाप्राप्तिकालागि
आशाको भकारी थाप्दै
मेहनतजोतियो
परिश्रम रोपियो
सदबिउजोगाउन
तर टुसा लाग्दै
कहिलेदेखि पल्किएर
कीराहरु जरा काट्न थाल्छन्
दुर्भाग्य ठानेर
अर्को प्रयास पुनः चल्छ
पल्केको कीरा फेरि लाग्छ
अनिनिराशाको बादलभित्र
सदबिउजोगाउने जमर्कोमा
साहस जोतेर
पसीनापानीपारेर
रगतको कुलो बगाई
सिंचाई गर्ने उपक्रममा
तिखानङले कोतरेर
दयाको भीखमाग्न
जिन्दगीको नशानशामा
क्रोधको हुरी चल्दैछ ।।
साँच्चै काँधथापेर उचाल्दै
मर्यादाको चुलीमा पुर्याउने
कमिलाको दलबलमाथि
लातमारेपछि
अभावको आफ्नो दुनियाँलाई
आँसुले धोएर
आर्तहरुको अगेनामा
पसिनाको हुरी चल्दैछ
रगतको हुरी चल्दैछ ।।
यदि
पिंजडाको ढोकाखोलिएनभने
साह्रै स्नेहका साथ
मृगतृष्णा पिउँदै
शीतयुद्धदेखिआगो
अनि
पसीना रगतको कदरमा
होशियार !
बम र गोलीको हुरी चल्दैछ
१८ चैत २०५७
उक्तकविता २०५७ सालमाचन्द्र योङयाले ‘एउटा सोच’ले अनुरोध गर्दा यो पङ्ितकारले लेखेको हो । साहित्यमा रुचीभएकाले त्यसमा सामेल नहुने कुरै थिएन । त्यतिखेर युवाजमातको एकखालको चहलपहलथियो ।अध्ययनकम, रुची बढी साहित्यमा । खास गरी हरेक साथीको कोठा नै त्यस बेलाको मञ्चथियो । एकार्कामा सामान्यचर्चा गरिन्थ्यो । त्यही समयचन्द्र योङयाले एउटा कविताको शीर्षक ‘हरी चल्दैछ’ ल्याए । उनको इच्छा के थियो भने त्यहीकविताहरुको सङग्रहनिकाल्ने । मैले सायद चाँडै नै कविताबुझाएँ । आजलगभग२१बर्ष पछि पढें -मन लाग्यो त्यो दिनको सोच र लेख्न बसेको छु । साँच्चै अरु कविहरुले लेखे वा लेखेनन् बुझाएवाबुझाएनन् मलाई थाहा छैन ।
आजसम्झदावास्तवमाकितावनिकालेको भए उएटा इतिहास बन्थ्यो । सायद इतिहासमापाँचथरे कविहरुको पहिलो कविता सामूहिक संगालो पो बन्ने थियो कि?चन्द्र,त्यो सोचलाई अर्को सोचको रुपमा फेरि लिने कि?क्रमश, कविहरुसँग चिनजान बढ्न थाल्यो – भवानीतावापनि भेटिनु भयो । छलफल अलिउग्र (जोडले) लाग्नथाल्यो । राष्ट्रिय लेखकहरुसँग संगतको कुराले आँपथ्र्यौं । पत्रकारिताअलि बढी थियो -भवानीतावाको ।हाम्रो भेटघाटबाक्लिनथाल्यो । नेपाली साहित्यकाविभिन्नवादहरुको चर्चा सुरु गरेकाथियौं -तेस्रो आयाम समझमा सुझेको थिएन । भ्लनष्किज र द्यबिअप ष्तिभचबतगचभ पढ्न थालेकाथियौं । एकदिनभवानीले एउटा सोच सुझाए म सामु । एक दिनकतैएकान्तवा रमाइलो ठाउँमा जाने -कविहरु ।त्यहाँ सबैले कविता लेख्ने र सुनाउने । जुनकविताउत्कृष्ट हुन्छ त्यो कविता र अरु छाँया कविताभन्ने ।गज्जबलाग्यो मलाई यो सोच पनि। तर व्यवहारिक बनाउन सकिएन। चियाको घुट्कोसँग सोच निल्नथालेछौं -बाफ जस्तै उडाएछौं । वास्तवमाचिन्तनको एउटा तरिका,प्रक्रियाबनायौं ।
पछि तुलसीक्षितिजसँगनजिकभइयो । साथीले आफ्नो होटलमा निकै भातखुवायो । कहिलेकाहीं भाडा माभ्mन सघाउँथे । कामगर्ने र खाने हामीदुई त हो ! त्यतिखेर भवानीतावाले हाइकुको बारेमाअलिअलि कुरा उठाउँथे । सायद त्यसैको सिको गरेर एउटा सोच बनायौं । कवितामा यस्तो होस् -टाउको – पेट – खुट्टा ।त्यसकालागि संरचनाको खाकाबनाउन झण्डै हप्तादिनलाग्यो । पछि साथीको कोठा (होटल) छोडेपछि त्यो दस्तावेज साथी कै मा छुटेछ -आजविस्मात लाग्छ । तुलसीसँगत्यो छ छैन मैले सोधेको छैन । यो सोच पनिअन्य सोच जस्तै थियो ।
नेपाली साहित्यको लागि यसरी सोचहरुको खोल्सामाबहनखोज्दै, पहाड उक्लनखोज्दै आउँदागजललाई अलि बढी समय दिइएछ । सायद त्यसको उपजले होलापत्रपत्रिका र कृतिहरु पाँचथरमा भटाभट पो आउनथाले । यो पनि सोचको प्रभावहुन सक्छ । केहीयुवाहरु मिलेर प्रस्थानप्रकाशनबनायौं त्यसले कृतिहरु प्रकाशनगर्यो । ‘धुँवाकाधुनहरु’ताङ्का सङ्ग्रहले त इतिहास नै बन्यो । पाँचथर गजलमञ्चको गठन गरियो । नेतृत्वकर्ताहरुले त्यतिचासो नदिए पछि त्यसले गतिलिन सकेन । मआपूmभने काफियैकाफियाअर्थात बहुलकाफियाप्रयोग गरि गजलको घोषण-पत्र रामतामाङसँग निकालें । ताङ्काको लागि काठ्माण्डौसँगपौंठेजोरी (विमर्शकालागि) खेलियो । वास्तवमा केहीगरियो लाग्छ -तर हातखाली छ । गर्नु पर्ने धेरै छ जस्तो पो लाग्छ । मानौं केही गरे कै छैन । म भन्दा पछि लेख्नेहरुले गफ गरेको सुन्दा त साँच्चै के नै पढिएछ ? के नै लेखिएछ ?आपूmलाई कस्तो लाजलागेर आउँछ । मलाई गफगर्न नआको कि? पछिल्लो पुस्ताले बढी गफ गरेको ?होइन, फेरि नजानेको चाँहीपक्कै होइन है !आच्छि !
समयको बहावमाउत्तरवर्ती सोच थाल्यौं । उत्तरवर्ती सोच नेपाली साहित्यलाई ल्याइएको त्भहतपनिपो । यसलाई शुरुमायसको खुबआलोचनागरियो । पछिल्ला पिढीलाईयसको स्व-अस्तित्वबुँदाले निकै तानेको छ । त्यसमा झुण्डिएका पनिछन् । म त भन्छु होसियार ! हो, म उत्तरवर्ती सोचको एक भागहुँ । त्यहाँकतै म छु ।पाँचथरलाई यसले छुनु पर्छ ? नेपाललाई छोएनभने इतिहास अपुरो हुन्छ । खास गरि सिर्जनामायतिखेर भवानीतावा, सगुन सुसारा, राजमाङलाक, एल.वी.एगेन, समीर, पृथराज थेगिम, नविनलोयेम, मेदिनीलावती, समीप साम्पाङ, बिनोद कुगेनाम्वा (स्वर्गीय), इन्दु फोम्वो, र श्रीजंगराई, हाङसेम गणेश, अमर आङदेम्बे इन्द्र डाक्बुङ, समिप साम्पाङ लगायत छौं । समालोचनातर्फ थाम्सुहाङ पुष्प सुब्बा, गोवन्दराज भट्टराई, सञ्जीवउप्रेती, टंक न्यौपाने, मुनाराज शेर्मा, हाङयुग अज्ञात, राजनमुकारुङ, लक्ष्मण गौतम, नेत्र एटम, सुकुमशर्मा लगायत अरु थुप्रै छन् । यसलाई विमर्शकालागिपाँचथर सामुदायिक पुस्तकालयलाई ब्युँताइयो । यसले सञ्चालनगर्ने रेडियो कार्यक्रममा गरमागरम छलफल भयो ।वौद्धिक साहित्यिककार्यक्रमथियो -त्यो ।
यस्तो कार्यक्रमको खाँचो रहन्छ । वास्तवमा यस्तो सोच हुनु नितान्तआवश्यक छ । २०६४ मामाङपूmनको कायाकल्प ल्याएपछि वास्तवमा मेरो सोच तोङवा र सुकुटी मात्र भएछ । सुकुटी त अझगोरुको नै हुनु पर्ने । त्यस पछि चेतनवाअवचेतन सबै साहित्यिकसोचहरु तोङवाको सुइराबाट पिइ पठाइएछ । पिउनु भनेको सक्नु पनिहोइन । गोरुको सुकुटीमा चपाइ पठाइएछ ।चपाउनु भनेको सक्नु पनिहोइन । बरु कतै सञ्चिति गरेर राख्नु हो । कतै चेतनाको बिउ उमार्नु हो । तर त्यसको दिल्लगी गर्छन् साथीहरु साहित्य लेखेर कतिकमाइयो ? साहित्यले के दियो ? सायद यही म र साथीहरुमा फरक छौं । म मेरा लागि लेख्छु, कमाउनलाई होइन । मेरो लेखनपाउनलाई हुदै होइन । शुभतोङबा सुकुटी ।