नेपाली कांग्रेसको निर्वाचन समितिले आइतबार अपरान्ह सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा पाँच जनाले सभापतिमा दाबी गरेका छन्।
नयाँ नेतृत्व छान्नका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुनेछ। कांग्रेसका ४७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले मत खसालीसकेपछि मत गणना सुरू हुनेछ।
सुरूमा सभापतिको मतगणना हुनेछ। सभापतिमा दुईभन्दा बढी उम्मदेवार हुँदा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मदवारबीच फेरि चुनाव हुने कांग्रेस विधानको व्यवस्था छ।
सभापतिको टुंगो लागेपछि अरू पदका लागि मतगणना सुरू हुनेछ।
मतगणना सकिन कम्तीमा १० दिन लाग्न सक्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ।