पाँचथर । पूर्वी पहाडलाई तराई, प्रदेश तथा संघिय राजधानी पुग्नकालागि छोटो सडकको रुपमा लिइएको पाँचथरको गणेश चोकदेखि सुनसरीको चतरा जोड्ने तमोर कोरीडर सडकको काम अन्तिम चरणमा पुगेको छ ।
ग्राबेल स्तरको सडक बनाउने काम सम्पन्न हुन लागेको छ । पाँचथर र धनकुटाको विभिन्न क्षेत्र जोड्ने सडक यो सडक तमोर नदिको नजिकै भएर निर्माण गरीएको छ । पूर्वी पहाडलाई सुविधायुक्त सहर जोड्ने द्रतु सडकको रुपमा लिईएको छ । यो सडक बनेसँगै ताप्लेजुङ, पाँचथर, तेह्थुम र धनकुटाका वासिन्दालाई तराई झर्न सजिलो बन्दै गएको छ । यो सडकको काम ९६ प्रतिसत सकिएको छ । चाडै ग्राबेल स्तरको सडक निर्माणको काम सकिने आयोजना कार्यालयले जानकारी दिएको छ ।
तमोर नदिको किनारै किनार १० मिटर चौडा भएको सडकको ट्रयाक निर्माण तथा भएको ट्रयाकलाई स्तरउन्नती गर्ने गरी काम अघि बढाइएको थियो । पाँचथरको गणेश चोकदेखि सुनसरीको चतरासम्म १ सय ५३ किलोमीटर सडक बनेपछि यो क्षेत्रका बासिन्दा उत्साहित थिए । पाँचथरको रानीगाँउमा करिव २ किलोमीटर सडकको ट्याक बन्न बाँकि रहेको छ । यहाँ पनि केहिदिनसम्म सडक बनिसक्ने जानकारी दिइएको छ । सडक बनेसँगै यहाँ नियमित बस, जिप, पिकअप जस्ता गाडीहरु चल्न थालेका छन् । सडक नजिकै घर बन्न थालेका छन् । तमोर जलासय युक्त आयोजनाबन्दा असर नपर्ने गरी सडक बनेका छन् ।
६ अर्ब १५ करोड १४ लाख रुपैँयामा सात प्योकजमा ठेक्का लागेको थियो । उत्पादित बस्तुको बजारिकरणमा सहज हुनेछ निर्माण सामाग्री ढुवानिमा सहज हुनुका साथै ओलाङ्चुङगोला जोड्ने उतर दक्षिण सडक निर्माणसङ्गै चीनिया र भारितिय बजार जोड्ने महत्पूर्ण सडक बन्ने अपेक्षा राखिएको छ । यो सडक बनेसँगै दैनिक गाडी चल्न थालेका छन् ।
निर्माण क्षेत्रमा निक्कै चहलपहल देखिन्छ । मेसीनरी समाग्री दौडीएका तथा मानविय चहलपलह बढेको छ । सडक छेउमा घर बनाउने, चिया तथा साना होटलहरु खुल्न थालेका छन् । यो सडकले आर्थिक गतिविधि पनि बढाउन थालेको देखिन्छ । ट्रयाक नखुलेका बाहेकका ठाँउहरुमा गाडी कुद्न थालेका छन् ।
गणेशचोकबाट सुभाङखोला, माझिटार, रानीगाँउ, स्याबरुम्बा, आङ्ना मौवा हुदै धनकुटा जोडिन्छ । धनकुटाको चौविसे, साधुरे, मुलघाट, त्रिवेणी हुदै चतरा पुग्छ । गडतिर आपासका बासिन्दाले बढि राहत पाउने बताईन्छ । यो सडकलाई काठमाण्डौसम्म जोड्ने वैकल्पिक राजमार्गको रुपमा यसलाई विकास गर्न खोजीएको छ । चतरादेखि खुर्कोटे १ सय ६१ किलोमिटरमा जोडिन्छ । तर यहाँ काम अघि बढ्न सकिरहेको छैन । खुर्कोटदेखि धुलिखेल ६५ किलोमीटर र धुलिखेलबाट काठमाण्डौँ ३१ किलोमीटर रहेको छ ।
यो सडक छोएर प्रसस्त ग्रामिण सडकहरु छन् । यो सडकलाई ख्याल गरेर विभिन्न गाँउजाने सडक बनाउने काम पनि भएको छ । तेह्थुम तर्फका सडकलाई करिडोरसँग जोड्न तमोर केहि ठाँउ पुल बनिसक्नु पर्ने देखिन्छ । तमोर कोरीडर क्षेत्रमा १४ वटा पुल निर्माणका लागि ठेक्का लगाउने तयारी भएको छ ।
ग्राबेल स्तरको सडक बन्ने काम अन्तिम चरणमा पुगेकाले कालोपेत्र का लागि सरकारले काम अघि बढाउनु पर्ने देखिन्छ । कालोपत्रे निर्माणका लागि डिपिआर बनीसकेको छ । कालोपत्रेकालगि ५ अर्ब ८६ करोड बराबरको लागत अनुमान गरी फाईल मन्त्रालयमा पु¥याइएको जानकारी दिइएको छ ।
पूर्वी पहाडलाई तराई तथा सुविधा युक्त सहर जोड्ने यो सडक महत्पूर्ण छ । ग्राबेलसम्मको काम अन्तिम चरणमा पुगेकाले कालोपत्रे गर्नकालागि ठेक्का खुलाउने तर्फ सरकारको ध्यान पुग्न आवश्यक रहेको छ ।